site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मालपोतका नासु विरुद्ध भ्रष्टाचार मुद्दा दायर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कुमारबहादुर राजभण्डारी र बिचौलिया बाबुराजा शाक्य विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग बिगो ६ हजार रुपैयाँ दाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो । 

“नायव सुब्बा कुमारबहादुर राजभण्डारीले भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा ३ को उपदफा १ को कसुर गरेको र लेखापढी व्यवसायी बाबुराजा शाक्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा २ बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले,” अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, “निजहरुलाई बिगो ६ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय ‘क’ बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।” 

राजभण्डारी र शाक्यले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम मागेको उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान थालेको थियो । अख्तियारको मुख्यालय टंगालबाट खएिको टोलीले केही दिन अघि उनीहरुलाई सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । त्यसपछि थप अनुसन्धान गरी अख्तियारले आइतबार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC