साढे २ अर्बको ट्रजरी बिल जारी गर्दे राष्ट्र बैंक

साढे २ अर्बको ट्रजरी बिल जारी गर्दे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुनेछ ।

९१ दिनका लागि जारी हुन लागेको बिल २०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।

यसअघि माघ २१ गते भएको १ अर्ब ९१ कारोड रुपैयाँबराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको बिड परेको थियो भने ३ अर्ब २५ करोड रुपैयाँको २८ दिनेमा ६ अर्ब ८ करोड को बिड परेको थियो ।
 

प्रतिकृया दिनुहोस
ad