साहित्य
काठमाडौं । प्रणय दिवसको पूर्वसन्ध्यामा गायक सम्पथ ढकाल ‘सन्तोष’ नयाँ गीत लिएर आएका छन् । ‘सातौं जनम...’ बोलको गीतमा प्रेमभाव समेटिएको छ । गीतमा शब्द, संगीत र स्वर सन्तोषकै छन् ।
विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो निर्देशन दस्पक अधिकारीले गरेका छन् । आवाज गुरुङ र सुशिक्षा पराजुली भिडियोमा फचिर्ड छन् । भिडियो सम्पादन विजयराज भुर्तेलले गरेका छन् ।
वासु बरालले छायांकन गरेको भिडियोमा नगरकोटको सुन्दर दृश्य कैद गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५ १५:४१
प्रतिक्रिया दिनुहोस्