site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रोयल्टी संकलन समाजका नव निर्वाचित अध्यक्ष खड्कासँग के छन् नयाँ योजना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीत रोयल्टी संकलन समाजका नव निर्वाचित अध्यक्ष महेश खड्काले रोयल्टी संकलन र वितरणलाई प्रभावकारी बनाउँदै लैजाने बताएका छन् । रोयल्टी संकलनका सम्भावित नयाँ क्षेत्रलाई पहिचान गर्दै रोयल्टी संकलनको दायरा फराकिलो बनाउने उनले बताए । 

“पुरानो कार्यसमितिले अगाडि बढाएका काम अगाडि बढाएर त्यसलाई थप प्रभावकारी बनाउनु नयाँ कार्यसमितिको दायित्व हो,” नव निर्वाचित अध्यक्ष खड्काले बाह्रखरीसँग भने, “रोयल्टी उठाउनु र त्यसलाई वैज्ञानिक मापदण्ड बनाएर वितरण गर्नु मेरो पहिलो दायित्व हुनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले यातायातबाट उठेको रोयल्टीलाई कसरी वैज्ञानिक मापदण्ड बनाएर वितरण गर्ने भन्नेबारे नयाँ कार्यसमितिको काँधमा आएको बताए । ०७४ साल चैत २१ गतेबाट रोयल्टी संकलन समाजले सार्वजनिक सवारी साधानबाट रोयल्टी संलकन गर्दै आएको छ । १० महिनामा समाजले पौने २ करोड रुपैयाँ संकलन गरेको छ । 

रेडियो, टेलिभिजन, युट्युब भिवर्स, सीआरबीटी, पीआरवीटी, पार्टी प्यालेस, डान्सबार लगायतबाट आएको तथ्यांकका आधारमा औषतमा कसको गीत कति बज्यो निर्धारण गर्ने तयारीमा समाज रहेको छ । 

Global Ime bank

यो निर्णय हिजो (शनिबार) सम्पन्न समाजको ११ औं साधारण सभाबाट पारित गाराउने यसअघि संगीत रोयल्टी संकलन समाजले बताए पनि यससम्बन्धी कार्यपत्र नै प्रस्तुत नभएको अध्यक्ष खड्काले जानकारी दिए । उनले भने, “पहिला रोयल्टी वितरणलाई कसरी वैज्ञानिक र पारदर्शी बनाउन सकिन्छ नयाँ कार्यसमितिमा छलफल गर्नेर्छौं र तीन महिनाभित्र विशेष साधारणसभा बोलाएर रोयल्टी वितरणको मापदण्ड पारित गर्नेर्छौं ।” 

खड्काले असारसम्ममा यातायातबाट उठेको रोयल्टी वितरण गर्ने योजना बनाएको जाकारी दिए । 

यस अघि रोयल्टी संकलन समाजको अध्यक्ष सुरेश अधिकारी थिए । उनले करिव ६ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

गीतसंगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार, मिनिबसले १ हजार चार सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार, पिकअप भ्यानले ९ सय र टेम्पोले ८ सय रुपैयाँ रोयल्टी तिर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC