site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता फागुनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । 

‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रतियोगितमा विभिन्न पाँच विधाको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४२.१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला–पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राको लागि पाँच किमिको दौड हुनेछ । 

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल–पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ । 

Global Ime bank

पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ भने पाँच किमी दौडमा सैनिक विद्यालयका छात्र÷छात्रा, सकल दर्जाका छोरा छोरीले भाग लिनेछन् । 

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछ । त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौले रु १५ हजार, छैटौंले रु १० हजार र सातौं हुने खेलाडीले रु पाँच हजार पाउने छन् । 

हाफ म्याराथनअन्र्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ । 
दश किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ः रु आठ हजार, रु ६ हजार र रु पाँच हजार पाउने छन् भने १० किमिकै सैनिक अधिकृत विधातर्फ पहिलो हुनेले रु चार हजार, दोस्रोले रु तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार पाउने छन् । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार पाउने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC