site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
\'हिमालय माफिया\'विरुद्ध अन्तर्राष्ट्रिय चेतावनी
Sarbottam CementSarbottam Cement

सगरमाथा क्षेत्रबाट विदेशी पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरिँदै । तस्बिरः एएफपी

सामान्यतः जे जस्तो छ त्यस्तै देखिन्छ । तर, हेर्ने कोणले पनि देखिने दृश्य फरक पर्नसक्छ । अझ आफ्नो कमजोरी त झन् देखिँदै देखिँदैन । यसैले आफ्नो कमजोरी थाहा पाउनका लागि अरूले के भन्छन् भन्नेमा गौर गर्नुपर्छ । भ्रमण वर्ष मनाएर पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी भइरहेकै बेला अन्तर्राष्ट्रिय बिमा कम्पनीहरू भने नेपाल सरकारप्रति बढी नै सशंकित भएका छन् । नक्कली उद्धार धन्दामा संलग्नहरूमाथि कडा कारबाही नगरे नेपाल भ्रमणको बिमा नगर्ने चेतावनी त्यस्ता कम्पनीले दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारअनुसार यही साताको अन्त्यसम्म जाली उद्धार गिरोहलाई कारबाही नगरे बिमा कम्पनीहरूले नेपाललाई आफ्नो सूचीबाट बाहिर हटाउने जोखिम बढेको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

प्रायः पर्यटकले यात्रा जोखिम बिमा गरेका हुन्छन् । यात्रा अवधिमा उनीहरू बिरामी परे भने तत्काल उद्धार गरी उपचार गर्दा लाग्ने खर्च त्यस्तो बिमाबाट बेहोरिन्छ । यात्रा बिमाले धेरै पर्यटकलाई अप्ठेरा ठाउँमा घुम्ने आँट दिन्छ । बिमितहरू थोरै जनामात्र बिरामी पर्दा बिमा कम्पनीहरूले पनि उद्धारमा लाग्ने खर्च सजिलै बेहोर्न सक्छन् । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढाउन यात्रा बिमाको पनि योगदान छ । तर, ‘सुनको फुल पार्ने कुखुरी पनि काटी हाल्ने’ स्वभाव नेपालका व्यवसायीले देखाए । विकट भेगमा पुगेका पर्यटकलाई खानामा कुपथ पारेर बिरामी बनाउने, उपचारको नाममा हेलिकोप्टरबाट काठमाडौं ल्याउने अनि महँगो अस्पतालमा भर्ना गर्ने गरेर बिमा कम्पनीलाई ठग्ने गरिएको खुलासा केही पहिले भएको थियो । यस्तो ठगी धन्दामा स्थानीय होटलहरू, ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीदेखि अस्पतालसम्मको मिलेमतो रहेको पनि आरोप लगाइएको छ । यही ठगीलाई धन्दामा लाग्नेहरूलाई ‘हिमालय माफिया’ भनिएको हो । 

अहिले सरकारमाथि यही माफियाको दबाबमा परेर ठगीको धन्दामा संलग्नलाई कारबाही गर्न हिचकिचाएको आरोप लागेको छ । त्यतिमात्र हैन केही अन्तर्राष्ट्रिय बिमा कम्पनीले त नेपाल यात्राको लागि बिमा जारी गर्नै बन्द गर्ने नीति अपनाउने चेतावनीसमेत दिएका छन् । बिमा कम्पनीलाई ठग्ने धन्दाको खुलासा गत वर्ष नेपाल सरकार र आयरल्यान्डस्थित पर्यटकको उपचारसम्बन्धी सहयोग गर्ने कम्पनी ट्राभलर एसिस्टले गरेको अनुसन्धानमा पनि भएको थियो । तर, सरकारले त्यस्तो ठगी धन्दामा संलग्नहरूमाथि कुनै कारबाही गरेको छैन । नेपालबाहिरका क्रम्पनीलाई ठगेर नेपालीले पैसा कमाएका छन् भने किन टाउको दुखाउने भन्ने सरकारी अधिकारीहरूको मानसिकता हो भने त्यो नेपालको पर्यटन उद्योगका लागि आत्मघाती हुनेछ । नेपालका पर्यटनमन्त्रीलाई अन्तर्राष्ट्रिय संस्थाले दिएको चेतावनीलाई उपेक्षा गर्नु उचित हुँदैन ।

Global Ime bank

ठगी गर्नेहरूमाथि कारबाहीका लागि जाँचबुझको प्रक्रिया तत्काल सुरु गरेर नेपाल आउने यात्रुको बिमा नगर्ने अवस्था उत्पन्न हुन नदिन सरकार अग्रसर हुनुपर्छ । युरोपमा नेपालका विमान उडाउन लगाइएको प्रतिबन्धबाट पनि केही त सिकौँ । नेपाल वायुसेवा निगमले उडानका सबै मापदण्ड पूरा पालना गरेको भए र जहाजहरू अद्यावधिक अवस्थामा राखेको भए सम्भवतः उडान प्रतिबन्ध लाग्ने नै थिएन । प्रतिबन्ध लागिसकेपछि गल्ती सुधार्नको साटो अरूलाई दोष दिन थालियो । फलस्वरूप, नेपाल कालोसूचीमा पुग्यो । धनी मुलुकहरूले हेपे होलान् तर गल्ती नै नगरेको भए हेप्ने मौका नै पाउने थिएनन् । बिमा कम्पनीहरूको चेतावनी पनि नेपाली व्यवसायीको बदमासीकै कारण आएको हो । यसैले सरकार कथित ‘हिमालय माफिया’ सामु नझुकोस् ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC