site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पुरुष सहकर्मीलाई यौन दुर्व्यवहार गर्ने महिला कमिसनरद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement

फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यस्थित एउटा नगरकी कमिसनरले पुरुष सहकर्मीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पदबाट राजीनामा दिनु परेको छ । उनले नान्सी वकली नामकी ती कमिसनरले पुरुष सहकर्मीलाई भेटेपछि हातले जथाभावी समाउनुका साथै अनुहारमा जथाभावी चुम्बन गर्ने गरेको आरोप लागेको छ । 

उनले गएको मंगलबार पदबाट राजीनामा दिएकोमा बिहीबार साँझ उनको राजीनामा स्वीकृत गरिएको छ । यही २०१९को मार्च सम्म उनको कार्यकाल रहेको थियो ।  उनी स्थानीय मडेरिया बीच नगरकी कमिसनर थिइन् । उनलाई स्थानीय लोकल कमिसन अफ इथिक्सले ५ हजार डलर जरिबाना तिराउने निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नगरका म्यानेजर जोनाथन इभान्सले बिहीबार साँझ बोलाएको बैठकमा कमिसनरको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको थियो ।  आफ्नो राजीनामा पत्रमा ओकलीले भने आफू निर्दोष रहेको र आफूले पुनरावेदन गर्ने बताएकी छन् । 
विवाद आएका कारण आफूले राजीनामा दिने अप्ठेरो निर्णय गरेको बताएकी छन् । 

सन् २०१७को फेब्रुअरी महिनामा नगरका म्यानेजर शान क्रफोर्डले वकलीले आफू र डेभ मार्सिकानोलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए ।  सन् २०१२को फिसिङ्ग टुर्नामेन्टका क्रममा पनि उनले दुर्व्यवहार गरेको आरोप लगाइएको  छ । उनले सार्वजनिक स्थानमा नै मादक पदार्थ सेवन गरेर आफूभन्दा जुनियर स्टाफलाई त्यस्तो हर्कत गर्ने गरेको आरोप लगाइएको छ । 

Global Ime bank

एक जना स्टाफले त पत्नीसँग भएकै बेलामा उनले जथाभावी चुम्बन गरेको र झगडा नै परेको समेत बताएका छन् ।  आफ्नो हाकिम भएकाले उनीविरुद्ध जान पनि अप्ठेरो भएको उनीहरुको भनाई रहेको छ । (एजेन्सी) ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC