site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मिथुनः साता अनुकूल, वृश्चिकः घमण्ड बढ्ने
Sarbottam CementSarbottam Cement

२०७५ माघ २६ – फागुन ३ गतेसम्म 

मेषः कसाताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मुख्य काममा व्यवधान आउन सक्नेछ । सोम, मंगलबार भाग्योदयको अवसर मिल्नेछ । बुध, बृहस्पतिबार वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । शुक्रबार क्रियाशीलता बढ्नेछ । 

वृषः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । सोम, मंगलबार निकै खर्चिलो रहन सक्नेछ । बुध, बृहस्पतिबार भाग्योदय हुनेछ । शुक्रबार आर्थिक पक्ष निकै सबल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार निकै उत्कृष्ट रहनेछ । सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । बुध, बृहस्पतिबार शिथिल प्रायः रहनेछ । शुक्रबार भाग्यवृद्धि हुनेछ । 

कर्कटः साता प्रायः अनुकूल रहनेछ । शनि, रविबार आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । सोम, मंगलबार आटेको काम काज सजिलै सँग बन्नेछ । बुध, बृहस्पतिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । शुक्रबार व्यवधान बढ्नेछ । 

Global Ime bank

सिंहः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार अनावश्यक मन खिन्न हुन सक्नेछ । सोम, मंगलबार दानपुण्यले मनमा सन्तोष प्राप्त हुनेछ । बुध, बृहस्पतिबार मानोन्नतिको अवसर आउनेछ । शुक्रबार लाभैलाभ हुनेछ । 

कन्याः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । सोम, मंगलबार शिथिल रहनेछ । बुध, बृहस्पतिबार धर्मकर्म गरिनेछ । सहयोग प्राप्त हुनेछ । शुक्रबार सम्मानित भइनेछ । 

तुलाः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । आटे ताकेको काम बन्नेछ । सोम, मंगलबार अत्यन्त सुखद र रमाइलो रहनेछ । यात्रा सहज हुनेछ । बुध, बृहस्पतिबार मन खिन्न हुन सक्छ । शुक्रबार परोपकार गरिनेछ । 

वृश्चिकः साता अनुकूल रहनेछ । शनि, रविबार निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । सोम, मंगलबार शत्रुमाथि विजय प्राप्त हुनेछ । बुध, बृहस्पतिबार पारिवारिक सहयोग प्राप्त हुनेछ । शुक्रबार अनावश्यक घमण्ड बढ्न सक्छ । 

धनुः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार भयप्रद रहनेछ । सोम, मंगलबार बुद्धिविवेक निकै व्रिmयाशील रहनेछ । बुध, बृहस्पतिबार कार्यसिद्धिदायक रहनेछ । शुक्रबार यात्रा गरिनेछ । प्रियजन भेटिनेछन् । 

मकरः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार सामाजिक काममा संलग्न भइनेछ । यश मिल्नेछ । सोम, मंगलबार मनमा भय र त्रासले बास गर्ने सक्नेछ । बुध, बृहस्पतिबार बौद्धिक कार्यतिर मन जानेछ । शुक्रबार आटेको काम बन्नेछ । 

कुम्भः साताको अधिकांश दिन अनुकूल रहनेछ । शनि, रविबार बोलीवचनमा प्रभाव बढ्नेछ । सोम, मंगलबार  निर्णायक कामको जिम्मा थपिनेछ । बुध, बृहस्पतिबार दुविधात्मक रहनेछ । शुक्रबार मनमा चिन्ता हट्नेछ । शरीर स्वस्थ रहनेछ । 

मीनः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । सोम, मंगलबार आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । बुध, बृहस्पतिबार दायित्व थपिनेछ । पुरुषार्थ बढ्नेछ । शुक्रबार भयकारक रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC