भिडन्तमा छ प्रहरीसहित १४ जनाको मृत्यु 

भिडन्तमा छ प्रहरीसहित १४ जनाको मृत्यु 

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ । 

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिए ।  

“तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,” ओमरले भने । रासस/सिन्ह्वा

फाइल तस्बिर

प्रतिकृया दिनुहोस
ad