site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चट्याङबाट दुई जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

अमरगढी । डडेल्धुरामा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । 

यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् । घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC