site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसद वलीलाई हेलिकोप्टरबाट काठमाडौं लगिँदै
Sarbottam CementSarbottam Cement

दाङ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सांसद उत्तरकुमार वलीलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । कोहलपुर मेडिकल कलेजमा उपचाररत सांसद वलीलाई थप उपचारको लागि काठमाडौं लैजान लागिएको हो । 
सांसद वलीका स्वकिय सचिव एमएन शाहका अनुसार यसअघि छिमेकी देश भारत उपचारका लागि लैजान भन्दै त्यहाँबाट भेन्टिलेटरसहितको एम्वुलेन्स मागिएको थियो । “चिकित्सकले केही सुधार आएको जानकारी दिएका छन् । मुटुको धड्कन चलेको छ, स्वाप्रश्वासमा सुधार आएको छ र रक्तसंचारमा समेत सुधार भएको छ,” शाहले भने । 

अझैपनि सांसद वलीको भेन्टिलेटरमै राखेर उपचार भइरहेको हुँदा खतरा टरी नसकेको बताइएको छ । तत्कालिन नेकपा एमालेवाट दाङको निर्वाचन क्षेत्र नं ३ को २ बाट प्रदेशसभामा सदस्यमा निर्वाचित सांसद वली विहीवार अस्थायी राजधानी बुटवलबाट तुलसीपुरस्थित घरतर्फ फर्कदै गर्दा दुर्घटनामा परेका थिए । घोराही–लमही सडक खण्डको चिसापानी भन्ने स्थानमा भएको दुर्घटनामा परी रुकुम पश्चिमको खलंगा गाउँपालिका नं २ मुसिकोट निवासी ३६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकरी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विहीवार बेलुका पौने ५ बजेतिर ५ नं प्रदेशका प्रदेशसभा सदस्य उत्तरकुमार वली सवार कारलाई यात्रुवाहक बसले ठक्कर दिँदा वली गम्भीर घाइते भएका छन् भने उनीसँगै अरु १३ जना घाइते भएका थिए । सांसद वलीलाई भने हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको तथा छातिका ५ वटा कर– पनि भाँचिएको भन्ने खबर चिकित्सकले दिएको स्वकिय सचिव शाहले बताए ।  घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्वरको यात्रुवाहक बसले लमहीबाट घोराहीतर्फ आउँदै गरेको सांसद वली सवार बा १८ च ६८३६ नम्वरको कारलाई घोराही ३ स्थित चिसापानी भन्ने ठाउँमा ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

कारमा सांदस वली र अर्का युवा लिला विकमात्रै सवार थिए । विक उपचारपछि घर गइसकेको प्रहरीले जानकारी दिएको छ । कार सांसद वलीले आफै चलाएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC