site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फाइभ–जी नेटवर्कमा चिनियाँ उपकरण प्रयोग नगर्न युरोपलाई अमेरिकाको चेतावनी
Sarbottam CementSarbottam Cement

एजेन्सी । फाइभ–जी नेटवर्कको विश्वव्यापी स्थापनामा चिनियाँ कम्पनी हुवावेलाई बाहिर राख्न अमेरिकाले सबै मित्रराष्ट्रहरुलाई आफ्नो पक्ष लिनका लागि निरन्तर दबाब दिइरहेको छ । यसैबीच युरोपेली राष्ट्रहरुलाई पनि अमेरिकाले हुवावेका उपकरण खरिद नगर्न चेतावनी दिएको मंगलबार अमेरिकी राष्ट्रिय विभागका अधिकारीले बताएका हुन् । युरोपेली संघ र ब्रसेल्सस्थित बेल्जियम सरकारसँगको बैठकपछि अमेरिकाले राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण हुने भन्दै हुवावेलाई नअपनाउन सुझाव दिएको बताइएको छ । 

अधिकारीले भनेका छन्, “हामीले केबल सबैलाई प्राविधिक विषयहरुमा अत्यन्तै सतर्कता अपनाउन र चीन जस्तो अविस्वसनीय बितरकसँग हतारमा कुनै सम्झौतामा हस्ताक्षर नगर्न भनेका हौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाले बारम्बार चीनले प्राविधिक उपकरणहरु जासुसीका लागि प्रयोग गर्न सक्नेबारे चिन्ता व्यक्त गर्दै आएको छ । यता हुवावे कम्पनीले भने आफूलाई निदोर्ष बताउने गरेको छ । वास्तवमा युरोप हुवावेको सबैभन्दा ठूलो बजार हो र हुवावेका उपकरण त्यहाँ व्यापक प्रयोग हुने गरेको पाइन्छ । यसकारण पनि अमेरिकाले पहिले युरोपबाटै हुवावेलाई किनारा लगाउन खोजिरहेको बताइएको छ । तर यता यसले बेइजिङ र अमेरिकाबीच जारी व्यापारिक युद्धलाई भने झन गम्भीर रुप दिन सक्ने विज्ञहरुको भनाइ छ । 

यसरी वासिङटनले ब्रसेल्सको नाटो सम्मेलन र बार्सिओलनाको अन्तराष्ट्रिय सभामा समेत यसबारे कुरा उठाउने बताइएको छ । युरोप अमेरिकाको सैन्य सहकर्मी भएकाले पनि हुवावेले युरोपमा फाइभ–जी स्थापना गर्नुले अमेरिकाको सुरक्षामा समेत खतरा उत्पन्न हुने अमेरिकी अधिकारीहरुको भनाइ छ । 

Global Ime bank

फाइभ–जी नेटवर्क पाचौँ पीढीको अत्याधुनिक मोबाइल प्रविधि हो जसलाई कलकारखानादेखि सवारी साधन समेतको गति बढाउन प्रयोग गर्न सकिनेछ । यस्तोमा हुवावे र जेट्टीइ लगायतका चिनियाँ कम्पनीले यो प्रविधि आफ्नो नियन्त्रणमा लिए व्यापारिक लगायत विभिन्न क्षेत्रमा अनुचित फाइदा उठाउन सक्ने अमेरिकाको भनाइ छ । 

त्यसैले पनि वासिङटनले पहिले नै हुवावेलाई आफ्नो सरकार र कन्ट्राक्टरहरुसँग सम्पर्क राख्न प्रतिबन्धित गरेको हो । यसबारेमा यता फ्रान्सका अधिकारीले गत हप्ता मात्र आफूहरुलाई थाहा भएका तथ्यका आधारमा मात्र निर्णय लिइने हुनाले हाल हुवावेमाथि प्रतिबन्ध लगाउने नलगाउने भन्ने तय नगरिएको बताएका हुन् । – रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC