site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारका प्रवक्ता भन्छन्– वाइडबडी प्रकरण जिउँदै छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान प्रकरण जिउँदै रहेको र छानबिन समितिले काम गरिरहेको दाबी गरेका छन् ।
बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा वाइडबडी सेलायो नि त ! भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “कहाँ सेलाउनु, अस्ति काँधमा बोकेर हिँडेको देखेको थिएँ । जिउँदै छ ।”
उनको व्यंग्य प्रतिपक्षी कांग्रेसले वाइडबडीको प्रतीकात्मक चित्रसहितको विरोध प्रदर्शनप्रति थियो । उनले वाइडबडी प्रकरणमा प्रतिपक्षीका नेताको मागबमोजिम नै छानबिन, जाँचबुझ समिति बनाइएको र समितिले काम गरिरहेको जानकारी आफूलाई भएको बताए ।
“समिति मागबमोजिम नै गठन भएको हो । त्यसले काम गरिरहेको छ । काम गर्न नसकेको सूचना हामीलाई छैन,” उनको प्रष्टीकरण थियो ।
त्यस्तै उनले मेलम्चीमा सरकार पीडित भएको जानकारी दिए । उनले सम्झौता पूरा नहुँदै ठेकेदारले किन काम गर्न छाड्यो भनेर सरकार अचम्मित रहेको बताउँदै ठेकेदारसँग कुराकानी भइरहेको र छिट्टै टुंगो लाग्ने बताए । 
मेलम्ची खानेपानी काठमाडौं सहरको मात्रै परियोजना नभएर देशकै ठूलो आयोजना भएकाले सरकारको ध्यान गएको र गतिरोध हटाइने विश्वास उनले व्यक्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC