site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले ल्यायो म्यासेज ‘अनसेन्ड’ गर्न मिल्ने नयाँ सेवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । लामो समयदेखि माग गरिएको र फेसबुकले समेत एक वर्ष अगाडि वाचा गरेको ‘अनसेन्ड’ बटन सेवा मंगलबारबाट भने सबै प्रयोगकर्तालाई उपलब्ध हुने भएको छ । यसअघि फेसबुकका प्रमुख मार्क जुकरवर्गले गोप्य रुपमा आफ्ना म्यासेजहरु अरुको अकाउन्टबाट हटाएको पत्ता लागेपछि कम्पनीमा विवाद उत्पन्न भएको थियो । यसै घटनाको केही दिनमा नै कम्पनीले सबै प्रयोगकर्तालाई अनसेन्ड बटन प्रदान गरिने बताएको थियो । यसरी अहिले त्यही वचन पूरा गर्दै फेसबुकले विश्वभरका सबै प्रयोगकर्तालाई आफ्ना गलती सच्याउने मौका दिई अनसेन्ड बटन उपलब्ध गराएको हो । 
तरपनि प्रयोगकर्ताले यसका लागि केबल १० मिनेटको समय मात्र पाउने बताइएको छ । कुनैपनि म्यासेज पठाइसकेपछि १० मिनेटभित्रमा सो म्यासेज अर्को व्यक्तिको च्याटबाट हटाउन सकिनेछ । यसका लागि उक्त म्यासेजमा क्लिक गरी ‘रिमुभ फर एभ्रीवन’ भन्ने अप्सन चुज गर्नुपर्छ जसले सबै इन्बक्सबाट सो म्यासेज डिलिट गराइदिनेछ । यसअघि भने फेसबुकमा आफूले पठाएका म्यासेज आफ्नो इन्बक्सबाट मात्र डिलिट गर्न मिल्थ्यो तर आफ्ना साथीको च्याटमा भने यथावत् रहिरहन्थ्यो । 
तर यसरी म्यासेज अनसेन्ड गरिसकेपछि पनि पठाइएको व्यक्तिले तपाईँले म्यासेज डिलिट गरेको बारेमा भने थाहा पाउनेछन् । के म्यासेज डिलिट गरिएको भन्ने नदेखेपनि तपाईँले आफूले पठाएका टेक्स्ट हटाएको कुरा च्याटमै लेखिएको हुनेछ । यसरी यो नयाँ टुलमार्फत् मानिसहरुले अझ इमान्दार भएर कुराकानी गर्न सक्ने बताइएको छ । तर यो सेवाले पहिले पहिलेका म्यासेजमा भने काम गर्दैन । यसरी १० मिनेट भित्रमा सबै प्रयोगकर्ताले फेसबुकका म्यासज अनसेन्ड गर्न पाउने भएका हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC