site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विदेशी खेलाडीलाई श्रमस्वीकृति लिएर मात्रै खेलाउन निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा खेल्न आउने विदेशी क्रिकेट खेलाडीले अनिवार्य श्रम स्वीकृति लिएर मात्र प्रतियोगिता खेलाउनका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
विभागले युवा तथा खेलकुद मन्त्रालय, नेपाल क्रिकेट संघ (क्यान) तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउन पाउने व्यवस्था मिलाउन पत्राचार गरेको हो । 
“नेपालमा संचालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन, २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम ईजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउन पाउने व्यवस्था मिलाउनु हुन साथै यसरी क्रिकट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरुको नाम ठेगानासमेत उपलब्ध गराई सहयोग गर्न हुन निर्देशानुसार अनुरोध छ,” श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जारी गरेको पत्रमा भनिएको छ । 
नेपालमा तीन फ्रेन्चाइज लिग संचालनमा छन् । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा विदेशी खेलाडीले खेलिरहेका छन् । सबै लिगमा सहभागी क्लबले अनिवार्य रुपमा विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ । 
खेलाडीहरुले युवा तथा खेलकुद मन्त्रालयबाट कार्य सहमति, श्रमस्वीकृति र गैरपर्यटकीय भिसाका लागि सिफारिस गरेपछि गृह मन्त्रालयबाट कार्य सहमतिपत्र लिएपछि श्रम विभागले स्वीकृति प्रदान गर्छ । तर सामान्यतयाः नेपाली क्रिकेट प्रतियोगिताका लागि आएका सबै विदेशी खेलाडीले घुमफिर (भिजिटिङ) भिसा प्रयोग गर्ने गर्छन् । यस्तो भिसामा आउने खेलाडीहरु साता–दश दिनसम्म चल्ने प्रतियोगिता खेलेर फर्किने गर्छन् । प्रतियोगिताका फ्रेन्चाइज क्लबहरुबाट उनीहरुले राम्रै कमाइ पनि गर्छन् । विदेशी खेलाडी ल्याउने टिमले आयोजक र सम्बन्धित खेलाडीको देशको क्रिकेट बोर्डसँग स्वीकृति लिएर अनुबन्ध गर्छन् ।
फुटबलमा खेलाडीले श्रम ईजाजत लिने प्रचलन रहे पनि क्रिकेटमा लागू भएको थिएन । 

श्रमस्वीकृति नलिई विदेशी खेलाडी पीपीएलमा सहभागी, श्रम विभाग भन्छ– दण्डनीय काम

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC