site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गृहमन्त्रीलाई सांसदको प्रश्न– निर्मलाका हत्यारा बालुवाटार र सिहंदरबारमै छन् ? 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमै लुकेका छन् ? भन्ने प्रश्न गृहमन्त्रीलाई गरेकी छिन् । संसदमा गृहमन्त्रीसँग जवाफ माग्दै उनले यस्तो प्रश्न गरेकी हुन् । 
संग्रौलाको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘‘अपराधमा संलग्न जोसुकै भएपनि छाडिन्न ।’’ गृहमन्त्री थापाले निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा सरकार गम्भीर भएको बताए । उनले भने, ‘‘अनुसन्धान जारी छ । सरकार गम्भीर पनि छ । अनुसन्धानमा लापरवाही गर्ने प्रहरीहरुलाई कारवाही गरेका छौं ।’’ 

सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलले हत्यारा पत्ता लागिसके भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरे । गृहमन्त्री थापाले भने, ‘‘यसबारे मलाई जानकारी छैन । यदि उहाँले त्यसो भन्नुभएको रहेछ भने त्यो छिट्टै पत्ता लाग्छ भन्ने आशयले होला । रक्षामन्त्रीको विषय गृह मन्त्रालयको धारणा होइन ।’’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC