site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीमाथि नै गोली चलाएपछि भक्तपुरमा इन्काउन्टर गरिएको हो: गृहमन्त्री थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भक्तपुर इन्काउन्टरमा मारिएका अजय तामाङ र गोपाल तामाङको विषय गम्भीर भएको बताएका छन् । प्रतिनिधिसभामा आज सांसद देवेन्द्रराज कँडेलले गरेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । 
गृहमन्त्री थापाले मारिएका दुईजनाले प्रहरीमाथि नै गोली चलाएकाले प्रहरी कारवाहीमा उनीहरु मारिएको दाबी गरे । सांसद कँडेलले गृहमन्त्रीको भनाइमा पूरक प्रश्न गर्दै कुन पेस्तोलले गोली हानेको हो भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले भने, “जंगलमा इन्काउन्टर भएको थियो । कति दूरीमा गोली हानियो भन्ने जानकारी छैन ।”
अर्का सांसद बालकृष्ण खाँडले गृहमन्त्रीले इन्काउन्टर भन्ने शब्द प्रयोग गरेको बताउँदै इन्काउन्टरको आदेश कसले दिएको हो भन्ने प्रश्न गरे । गृहमन्त्री थापाले इन्काउन्टरको आदेश अपराधीले प्रहार गर्दा आत्मरक्षाका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने बताउँदै स्वतः हान्न सक्ने बताए । सांसद प्रेम सुवालले शान्ति सुरक्षामा सरकार चुकेको गुनासो गरे । गृहमन्त्री थापाले राज्यको जिम्मेवारी सबैको सुरक्षा गर्ने दायित्व भएको बताए । 
गत साउन २१ गते ११ वर्षीय बालक निशान खड्काको काठमाडौं काँडाघारीबाट अपहरणमा संलग्न दुईजनालाई अपराध महाशाखाको टोलीले गोली हानी इन्काउन्टर गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वर पाइलट बाबा जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । प्रहरीले अजय तामाङ र गोपाल तामाङलाई पक्राउ गरेर जंगलमा लगी मारेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC