देश
काठमाण्डौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सल्लेरी घर भएका २० वर्षीय छिरिङ शेर्पा रहेका छन् । उनको साथबाट प्रहरीले अवैध लागुऔषध नाईट्राभेट ७५० ट्याब्लेट बरामद गरेको छ । उनी जनकपुरबाट काठमाडौँ आउदै गरेको ना. ८ ख १८०८ नंम्बरको बसलाई चेकजाँचको क्रममा पक्राउ परेको महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २३, २०७५ १२:०२
प्रतिक्रिया दिनुहोस्