site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा नयाँ बन्न लागेको सरकारमा उनकै दलबाट सरकारमा सहभागी हुने आकांक्षी बढी देखिएका छन् ।
स्रोतका अनुसार बढी देखिए पनि सकेसम्म यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेका नेताहरूलाई भने सरकारमा सहभागी नगराउने तयारी माओवादी केन्द्रले गरेको छ । तर, केही छुटाउनै नहुने भएकाले उनीहरूका बारेमा के गर्ने भन्ने टुंगो लाग्न नसकेको स्रोतले जनाएको छ । 
प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्दासम्म माओवादीका तर्फबाट सरकारमा सहभागी हुनेहरूको नामावली तय गर्ने माओवादी केन्द्रले जनाएको छ । 
कांग्रेससँग भएको सहमतिअनुसार दाहाल प्रधानमन्त्री बन्नेछन् भने माओवादी केन्द्रले अर्थ, सञ्चारलगायत ८ वटा मन्त्रालय पाउनेछ ।
प्रचण्डबाहेक माओवादी केन्द्रका तर्फबाट उपप्रधानसहित अर्थ र गृहमध्ये एक मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णबहादुर महरालाई मन्त्री बनाउन लागिएको माओवादी केन्द्रका एक उच्च नेताले जानकारी दिए । यसैगरी माओवादीमा नेता राम कार्कीलाई पनि यो पटक मन्त्री बनाउने पक्का भएको ती नेताले बताए । पहिलो संविधानसभाको चुनावमा पराजित भएका उनी एक्ला माथिल्लोस्तरका नेता थिए । यसपटक कार्की समानुपातिक तर्फबाट सांसद बनाइएका हुन् । यसअघि सरकारले फ्रान्स र भारतका लागि राजदूतमा सिफारिस गर्दा ती मुलुकहरूले कार्कीलाई एग्रिमो पठाएका थिएनन् । 
रुकुम–२ बाट प्रत्यक्ष निर्वाचित सांसद जनार्दन शर्मा पनि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने निश्चितजस्तै भएको ती नेताले बताए । 
यसैगरी, मधेसीबाट मोरङ–४ बाट प्रत्यक्ष निर्वाचन जितेका शिवकुमार मण्डललाई पनि मन्त्री बनाउने निश्चित भएको छ । माओवादीका तर्फबाट मेची र कोशीबाट दोस्रो संविधानसभामा चुनाव जितेका उनी एक्लो माओवादी नेता हुन् । त्यसैले पनि उनलाई कुनै एउटा मन्त्रालयको जिम्मेवारी दिने गरी मन्त्री पदमा पठाउने तयारी गरेको ती नेताले बताए । 
दलित तथा महिलाको प्रतिनिधित्व हुने गरी सुर्खेतबाट समानुपातिक सांसद रहेकी सीता नेपालीलाई पनि मन्त्री बनाउने छलफल चलेको छ । यसैगरी आदिवासीको प्रतिनिधित्व हुने गरी बर्दिया–४ बाट चुनाव जितेका मानबहादुर थारु यो पटकको मन्त्रीमण्डलमा जाने सम्भावना रहेको माओवादी स्रोेतले बतायो । 
सल्यानबाट लगातार दुईपटक चुनाव जितेका टेकबहादुर बस्नेतलाइ पनि यो पटक माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको माओवादी केन्द्र स्रोत बताउँछ । 
गोरखा–२ बाट निर्वाचन जितेका हितराज पाण्डे पनि माओवादीको तर्फबाट नयाँ सरकारमा मन्त्री बन्दैछन् । 
नारायणकाजी श्रेष्ठ गुटबाट चुनाव जितेका तथा केपी ओली सरकारमा शिक्षामन्त्री भएका गिरिराजमणि पोखरेललाई पुनः मन्त्री बनाउन दबाब परेको र उनी पनि मन्त्री बन्ने सम्भावना रहेको ती नेताले जानकारी दिए । पोखरेल तत्कालीन नेकपा माआवादीसँग एकता हुनुपूर्वका जनमोर्चाका नेता हुन् । पूर्व जनमोर्चाको तर्फबाट यसपटक प्रत्यक्ष निर्वाचनमा विजयी हुने उनी एक्ला नेता हुन् । पोखरेलले महोत्तरी–१ बाट चुनाव जितेका हुन् । 
माओवादी केन्द्रले सरकारमा जानेको अन्तिम टुङ्गो छिट्टै लगाउने तयारी गरेको स्रोतले बतायो । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC