site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रणवीर’लाई फिल्म मेकरले नै तारिफ गर्लान् भन्ने सोचेकै थिइनँ
Sarbottam CementSarbottam Cement

चलचित्र ‘रणवीर’ अहिले नेपाली चलचित्र घरहरुमा प्रदर्शनरत छ । गुण्डागर्दी विरुद्धको एक्सन र लभ स्टोरी चलचित्र ‘रणवीर’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् । भारतको तेलङ्गना प्रदेशमा चलचित्र मेकिङ सिकेका भण्डारीले आधा दर्जन तेलगु मुभीमा असिस्ट गरे । ‘रणवीर’ उनको डेब्यू निर्देशन हो तर उनी आधा दर्जन नेपाली चलचित्रमा पनि असिस्ष्ट गरेपछि निर्देशनमा उत्रिएका हुन् । ‘मञ्जरी’, ‘अधकट्टी’, ‘हैरान’, ‘गाजाबाजा’, ‘चिनी कम रङ कडा’ उनले असिस्ट गरेका चलचित्र हुन् । ‘रणवीर’बाट आफूले चलचित्र मेकरहरुबाटै तारिफ पाएका गोविन्द चलचित्र राम्रो भएर मात्रै नहुने भन्दै मार्केटिङमा जोड दिन्छन् । उनै गोविन्दसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः   
० ० ०
चलचित्र प्रदर्शनमा आइसकेको छ, दर्शकको प्रतिक्रिया कस्तो आइरहेको छ ? 
जसरी फिल्ममेकरहरुले खुलेर तारिफ गरिरहनु भएको छ, त्यस्तै दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । चिन्दै नचिनेकाहरुले पनि तारिफ गरेर स्क्रिनसटहरु पठाइरहनु भएको छ । चलचित्र डिजाइन गर्दा र लेख्दाखेरी नै दर्शकले म पराउनुहुन्छ भन्नेमा विश्वस्त थिएँ । तर यति खुलेर बोलिदिनुहुन्छ भनेर सोचेको थिइनँ । नाम चलेका कलाकार र निर्देशकका राम्रा चलचित्रलाई सबैले तारिफ गर्नुभएको छ तर हाम्रो चलचित्रमा क्वालिटीको कुरा गर्नुभएको छ । बलिउड र साउथ इन्डियन चलचित्रसँग तुलना गरिदिनुभएको छ । चलचित्र बुझेको मात्रै होइन, दर्शकले पनि यसरी फिडब्याक दिनु मेरा लागि अनपेक्षित थियो । 

तपार्र्ईंले चलचित्रले पाएको तारिफको कुरा गरिरहँदा हलमा दर्शकको बाक्लो उपस्थिति छैन नि !
यसमा धेरै कुराले अर्थ राख्छ । एउटा प्रचार र अर्को तीन वटा चलचित्र एकैपटक रिलिज भएका छन् । शोको समय पनि मिलेको छैन । एउटा थिएटरमा एउटा शो छ । तीनवटा थिएटरमा एउटा–एउटा शो लगाउनुभन्दा एउटैमा तीनवटा लगाएको भए दर्शकलाई सहज हुनेथियो । पब्लिसिटी डिजाइनमा पनि हामी चुक्यौं कि भन्ने लाग्छ । 

मार्केटिङ कमजोर भयो भन्ने हो ?
चलचित्रको तारिफ सबैले गर्ने हलमा हाउसफुल नहुनुको कारण ठ्याक्कै यही नै हो भनेर त म भन्न सक्तिन ।  पहिलो निर्देशन हो ‘रणवीर’ मेरो । म चलचित्रलाई कसरी राम्रो बनाउने भन्नेतर्फ मात्रै लागेँ । पब्लिसिटीको जिम्मा प्रोडुसरकै हो । चलचित्र कसरी बेच्ने त्यो मलाईभन्दा बढी प्रोडुसरलाई नै थाहा हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साउथ इन्डियन फिल्मसँग तुलना गरिएको छ । तपाईंले आफैँले भन्नुपर्दा खास कुरा के हो ?
यो पूर्ण मनोरञ्जनात्मक चलचित्र हो । फिक्सन र रियालिटीलाई मिसाएर बनाइएको चलचित्र हो । रह्यो कुरा साउथ इन्डियन मुभीसँगको तुलनाको, म जन्मेको मात्रै नेपालमा हो । मेरो ८० प्रतिशतभन्दा धेरै समय भारतमा बितेको छ । मैले पढेको र फिल्म मेकिङ सिकेको पनि भारतमै भएकाले त्यसको प्रभावित हुनु स्वाभाविक हो । अमेरिकामा बसेर ४ वर्ष पढेर आउँदा त उसमा अमेरिकाको रहनसहन देखिन्छ भने म त जन्मेहुर्केको र पढेको नै उतै  भएकाले स्वाभाविक लाग्छ । 

नेपाली चलचित्रलाई सधैँ बलिउडको कपी गरेको आरोप लाग्छ । पछिल्लो केही समय मौलिक चलचित्र बन्न थालेका थिए । तपाईंले साउथ फ्लेबरमा ‘रणवीर’ बनाउनु भयो । अब नेपाली चलचित्र साउथ इन्डियनतर्फ ढल्किन खोजेको हो ?
कपी त गलत वर्ड हो । संसारमा चलचित्र कसैको पनि हुँदैन । हलिउड, बलिउड जहाँ जे भने पनि चलचित्र भनेको इन्टरटेन्मेन्ट हो । पुस्तकदेखि नाटकसम्म मनोरञ्जन नै हो । सेक्सपियरका पुस्तकमा हामी चलचित्र बनाइरहेका छौं । दर्शकलाई सन्तुष्ट बनाउनु हाम्रो काम हो । कुनै राम्रो टेक्नोलोजी प्रयोग गरेर चलचित्र बनाउनु गलत होइन । सबैले एकै खाले चलचित्र बनाउँछ भन्ने पनि छैन । सबैले मौलिक चलचित्र चाहेर पनि बनाउन सक्तैन । विषयवस्तु र स्थानीयताबारे मेकरलाई जानकारी नहुन पनि सक्छ । स्कुलिङमा भर पर्ने कुरा हो । 

Global Ime bank

प्रशान्त ताम्राकार र सुशील सिटौलालाई भिडाउनु भएको छ, कत्तिको विश्वास गरे दर्शकले ?
दर्शकले स्वीकार गरिसक्नुभयो । चलचित्रको एनाउन्स गर्दा पत्रकारको पहिलो प्रश्न नै यही थियो । मैले त्यो बेला भनेको थिएँ– मैले विश्वास गरेर नै सुशीललाई लिएको हुँ । चलचित्रमा हेरेपछि तपाईंहरुले विश्वास गर्नुहुन्छ । चलचित्र रिलिज हुँदा मैले प्रुभ गरेर देखाएँ । शारीरिक रुपमा भन्दा इमोशन मुख्य कुरा हो । उसले कसरी हिर्काउँछ भन्दा पनि उसमा रिस कसरी उठेको छ र त्यसको प्रतिकारका लागि उसले के गर्छ भन्ने कुरा हो । इमोशन देखाउन सकियो कि सकिएन पर्दामा त्यसले पुष्टि गर्छ । रियल लाइफमा गर्न नसक्ने कुरा रिल लाइफमा देखाएका हौं हामीले । 

नेपाल र बलिउडका चलचित्रमा फरक के रहेछ ?
त्यस्तो फरक त खास केही छैन । चलचित्रभित्र हुने उतारचढाव त उही नै हो । भारतीय कलाकार तथा क्रू मेम्बरमा आफ्नो कामप्रति उच्च डेडिकेशन र पङ्चुवल छ जुन नेपालमा छ । भारतमा कलाकार र निर्देशकलाई जसरी इज्जत गरिन्छ, त्यो नेपालमा पाइन । जुन काममा आउने हो, त्यसप्रति सम्मान छैन यहाँ । पैसा लिएर काम गर्यो सकियो । कामप्रति इज्जत छैन । यद्यपि केही सुधार नेपालमा पनि हुन थालेको छ । ‘मञ्जरी’ देखि ‘रणवीर’सम्म आइपुग्दा त्यो महसुस मैले गरेको छु । 

भारतीय चलचित्र हामी खोजीखोजी हेरिरहेका छौं, तर हामी आफ्नै चलचित्र चाहिँ किन हेरिरहेका छैनौं ?
बलिउडमा वर्षमा हजारभन्दा धेरै चलचित्र बनिरहेका हुन्छन् । त्यसमा मुस्किलले १० वटा चलचित्र हामी हेर्छौं । हाम्रोमा सयवटा निर्माण हुँदा एकदुई वटा चलिरहेका हुन्छन् । त्यसैले उस्तैउस्तै हो जस्तो लाग्छ । चलचित्र निर्माणको इतिहास लामो छ बलिउडको । बजार ठूलो छ । बलिउडमा पनि कैयौं बकवास चलचित्र बनिरहेका छन् । हामीले नोटिस मात्रै नगरेका हौं । 

त्यसो भए विषयवस्तु र मेकिङका हिसाबले हामी चित्तबुझ्दो अवस्थामा पुगिसक्यौं ?
त्यसो पनि भनिन मैले । गर्न धेरै बाँकी छ । र, गर्न पनि सक्छौं । निराशाजनक अवस्थामा छैनौं । नयाँ सोच र विषय लिएर मेकरहरु आइरहेका छन् । फरक–फरक जानरामा प्रयास भइरहेको छ । 

व्यावसायिक हिसाबले त हामी निकै पछि छौं, किन ?
यो कुरालाई प्रोडुसर र वितरकले मनन् गर्नुपर्ने अवस्था आइसकेको छ । हामी कलाकार र निर्देशक त आर्टभित्र पर्छौं । चलचित्रको प्रदर्शन विजनेश हो । विजनेशको पाटोमा प्रोडुसरले ध्यान दिनुपर्छ । हामी त सहयोगी मात्रै हौं । चलचित्र कसरी राम्रो बनाउने कलाकार निर्देशकको काम हो । प्रदर्शनको पाटो प्रोडुसर र वितरकको हो । यसमा पर्याप्त रिसर्च हुनु आवश्यक देखिन्छ । निर्मातालाई जुन दिन निर्देशकले कथा सुनाएको हुन्छ यस्तो चलचित्र बनाउँछु भनेर त्यसलाई पर्दामा उतार्ने निर्देशक र कलाकारको काम हो । व्यापार दिने र गर्नेमा गएपछि त्यो हाम्रो हातबाट उम्किसक्छ । 

स्क्रिप्टको ७० प्रतिशत पनि पर्दामा देखाउन सकिरहेका छैनन् नेपाली निर्देशकले भनिन्छ नि ! 
मेरो पक्षमा कुरा गर्ने हो भने म ७० प्रतिशतभन्दा निकै माथि थिएँ । तर पनि म सतप्रतिशत सन्तुष्ट भने छैन । पेपरमा रहेको कुरा पर्दामा देखाउनलाई निर्देशकको मात्रै हुँदैन । धेरै पक्ष हुन्छन् तर निश्चय पनि निर्देशकको धेरै हात हुन्छ । काम गर्ने सबै व्यक्तिलाई मेरो दिमागमा यस्तो छ है भनेर बुझाउन धेरै समय लाग्छ । कतिले मेरो तरिकाले बुझ्छ तर कतिले उसको आफ्नै तरिकाले बुझ्दा भनेजस्तो हुन सक्तैन । तर म धेरै नजिक थिएँ । 

नेपाली र हिन्दी भाषामा धेरै समानता छ र हाम्रो कल्चर पनि मिल्छ । तर त्यहाँको हिन्दी चलचित्र नेपालमा चल्ने तर हाम्रो नेपाली चलचित्र भारतमा किन नदेखाउने ? 
मलाई पनि निकै धेरै खड्किएको पक्ष हो । सन् २००५ सम्म पनि बलिउडका चलचित्रले अहिले जसरी हामी विदेशमा नेपाली चलचित्र देखाइरेका छौं त्यसरी नै देखाउँथे । एसराज, करन जोहरको कम्पनीले जसरी बजार डिल गरेर बजार बिस्तार गर्दै गए, त्यसपछि उनीहरुका चलचित्र एकैपटक हजारौं थिएटरमा लाग्न थालेका हुन् । हाम्रा प्रोडक्सन हाउसहरुले पनि भारतीय बजार एनलाइसिस गरेर त्यहाँका कम्पनीलाई चलचित्र बेच्न सक्नुपर्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC