site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खेल जितेपछि सेलिव्रेशन मनाउँदै अनमोल उर्फ \'इशान\' 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सोमबार ललितपुरको एक पार्टी प्यालेसमा पुग्दा चारैतिर बत्तीको झिलिमिली थियो । ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवा बलसँग खेल्दै थिए । त्यहीबीचमा उभिएका थिए, नायक अनमोल केसी उर्फ ‘इशान’ खड्का । 

अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’मा समावेश एक गीतको छायांकनमा यो माहोल देखिएको हो । अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनले हरि खड्काको प्रशिक्षणमा उनी फुटबलसँग अभ्यस्त भइसकेका छन् ।

‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन् । यो गीतमा अनमोलका पिता तथा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ । अनमोल र भूवनको साथमा नायिका निरुता सिंहको स्टाइलले दर्शकलाई मोहित बनाउनेछ ।

Agni Group

मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छन् । रेनशा भन्दै थिइन्–‘गीत निकै नै मिठो छ । दर्शकले केही नयाँ स्वाद पाउनुहुनेछ ।’ क्याप्टेनद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

यता, छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेको भूवन केसी कहिलेकहीँ छोरातिर हेर्दै भन्थे–‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो ।’ भूवनले यसो भन्दा अनमोल मुुसुक्क हाँस्थे मात्र ।

Global Ime bank

भूवन केसी र अनमोल केसीको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको बताउँदै थिएन् । माघको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन् । उनी भन्दै थिइन्–‘यो गीत नेपाली चलचित्रका दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ ।’

फागुन १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।

गीतबारे भूवनले भने–‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु,’ विज्ञप्तीमा उल्लेख छ । 

दिवाकर भट्टराइको  निर्देशन चलचित्रलाई सुदिप बरालले छायांकन गरेका छन् ।  गीत केही दिनमै रिलिज गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC