site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
संविधानको नयाँ स्वरूप 

संविधानमा नेपाललाई अविभाज्य, सार्वभौमिकता सम्पत्र, धर्म निरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक राज्य घोषणा गरिएको छ । यसैबाट नेपालमा केही महिना पहिले सम्पन्न एसिया प्यासिफिक शीर्ष सम्मेलनले ठूलो विवाद ल्याएको पनि सबैलाई थाहै छ । आखिरमा जसरी नेपालको संविधानमा नेपाल राज्यको वर्णन र व्याख्या गरिएको छ त्यसैबाट यी विवाद उब्जिएका हुन् र उब्जिरहने छन् । संविधानमा धर्मका बारेमा जुन प्रकारले उल्लेख गरिएको छ त्यसबाट बारंबार विवाद उत्पन्न भइरहनेछ । धर्म निरपेक्षताको खास तात्पर्य के हो भनेर कसैले भन्नसकेको छैन । अतः यसका अनेक स्वरुपहरु देखिने गर्छ । यस्तै एउटा स्वरुप केही समय पहिले देखियो । यो सुरुमात्र हो । भविष्यमा यसका अनेक स्वरुपहरु आउनेछन् । 

उदाहरणका लागि धर्म निरपेक्ष राज्यका प्रधानमन्त्री र नेपाल सरकार एउटा धर्म सापेक्ष युनिफिकेसन चर्चसित जसरी संयोजकका रुपमा संलग्न हुन पुगे त्यसबाट नै विवादको भुमरीमा पर्न गयो । यसमा गल्ती महसुस गरेको र सार्वजनिकरुपमा यसको बचाव गर्न नसक्ने देखेर नै नेपाल सरकारले यो सम्मेलनको सहसंयोजक नभएको बयान दियो । तर, यस सम्मेलनका सबै प्रकाशनहरुबाट नेपाल सरकार सहसंयोजक रहेको नै देखियो । एउटा धर्मनिरपेक्ष राज्यलाई प्रतिनिधित्व गर्ने सरकार एउटा धर्म सापेक्ष संस्थासित जोडिन जानु नै गल्ती थियो । 

अर्को त्यही संविधानको ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ’ भन्ने भनाइको पनि अवहेलना भयो । पहिलो कुरा यो माथि उल्लेख भएको स्वतन्त्रता कसको हो ? राज्यको कि नागरिकको ? यो नै यसमा प्रष्ट छैन । यसबाट सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने काम कसको हो ? सरकारको कि नागरिकको ? सरकारको हो भने नेपालको सनातनदेखि चलिआएको धर्म नभएको क्रिस्चियन धर्मको बढोत्तरीमा कसरी संलग्न हुन पुग्यो ? यसबाट नेपाल सरकारले अर्को अपराध गर्न पुगेको देखिन्छ । यो स्वतन्त्रता नागरिकको मात्र हो भने क्रिस्चियन धर्मको अनुसरण नेपालमा स्वतन्त्र रुपले गर्न पाइरहेकै छन् । यसमा कसैको रोकटोक छैन । 

Agni Group

सत्तारुढ दलका केही नेता यस सम्मेलनको व्यवस्थापनमा सक्रिय भएको देखियो । उनीहरुको भनाइमा यो सम्मेलन नेपालको पर्यटन प्रवर्धनका लागि सफल भएको छ । एउटा अन्तर्राष्ट्रिय संगठनले कुनै किसिमको सानो ठूलो सम्मेलन गराउँछ र विभिन्न देशहरुबाट सहभागिता गराउँछ भने त्यो निर्विवाद स्वागतयोग्य हुन्छ । यस्ता सम्मेलनहरु नेपालमा दिनरात हुँदै आएको पनि छ । यसता सभा सम्मेलन भए गरेकोमा कसैले किचलो निकाल्दैन । तर, किचलो किन निस्क्यो भने नेपाल सरकारको त्यसमा संलग्नताले । त्यो उचित थिएन भन्ने त सरकारकै बहुमुखी बयानबाट प्रष्ट भयो ।

यो विवादलाई चर्काउने काम सम्मेलनकै दौरानमा जिसस क्राइस्टकी एकमात्र छोरी भएको दाबी गरेकी हान की मुनको भनाइ र गराइबाट भयो । तिनले सहभागीहरुलाई पवित्र वाइन खुवाएर र छर्किएर आशीर्वादको वर्षात गरिदिइन् । सो काम तिनले एउटा क्रिस्चियन सभा सम्मेलनमा गरिदिएको भए कसैले केही भन्ने थिएनन् । किनभने तिनको धर्मअनुसार गर्नुपर्ने आफ्ना अनुयायीहरुलाई आशीर्वाद दिन सक्थिन् । सम्मेलनलाई भने विश्व शान्ति र वातावरण संरक्षणको नाउँ दिने तर काम भने धार्मिक क्रियाकलाप गरिएकोले मानिसहरुले औंला ठड्याउने नै भए । त्यसमा पनि नेपाल राज्यका सबै स्थानीय इकाइका प्रमुखहरुलाई पति या पत्नीसहित उपस्थित हुने निमन्त्रणा पठाइएकोमा जनआक्रोश देखिएको हो । धेरै उच्चस्तरीय विदेशी पाहुनाहरुलाई नेपाल सरकारको तर्फबाट नै निमन्त्रणा पठाइएको कार्यबाट पनि नेपाल सरकारको सक्रिय सहभागिता देखिएको हो । 

Global Ime bank

हामीले बुझ्नुपर्ने कुरा के हो भने जुन प्रकारले हाम्रो संविधान बनेको छ त्यसले यस्तो विवाद बारंबार ल्याउने छ । यसले चाणक्यको एउटा कथनको स्मरण गराउँछ । त्यसमा भनिएको छ– दुर्जनेषु च सर्पेषु वरं सर्पो न दुर्जनः । सर्पो दंशति कालेन दुर्जनस्तु पदे पदे । दुष्ट र सर्पमध्ये सर्पलाई ठीक ठान्नुपर्छ । किनभने सर्पले एक पटक डस्छ तर दुष्टले बारंबार दुःख दिइरहन्छ । यही कुरा हाम्रो देशमा चरितार्थ भइरहेको छ ।

यो सम्मेलन धेरै चर्चित भयो । यसै विषयमा धेरैको प्रतिक्रिया आयो । त्यसैगरी एउटा नागरिक समुदाय ‘२५को समूह’ ले पनि आफ्नो मन्तव्य दियो । यसमा भनिएको छ–अत्यधिक बहुसंख्यक जनता हिन्दु धर्मावलम्बी भएको यो देशको अस्तित्व यसको धार्मिक सांस्कृतिक परम्परा र जीवनशैलीको विशेषता नै हो । यो विशेषतामा हाम्रो अस्तित्व निर्भर छ । विगत र खासमा माओवादी द्वन्द्वदेखि यो विशेषतामा ठूलो प्रहार क्रिस्चियन धर्मावलम्बीहरुबाट भइरहेको अनुभव नेपालीहरुले गरिरहेका छन् । 

अनेकौं प्रलोभन दिएर सोझा नेपालीहरुलाई धर्मान्तरण गराएर क्रिस्चियन बनाइँदैछ । यो देशको लागि ठूलो पीडाको विषय हो । एकातिर यस्तो भइरहेको छ भने अर्कोतिर स्वयं सरकार नै त्यस्ता क्रियाकलाप गर्नेहरुको मतियारका रुपमा देखिँदै छ । एसिया प्यासिफिक समिटको नाममा कोरियाको क्रिस्चियन धर्मको उक्त संस्थाले यहाँ निकै तामझामका साथ एउटा सम्मेलन ग¥यो जसमा नेपाल सरकारका सबै संयन्त्रहरुको सहभागिता देखियो र स्वयं प्रधानमन्त्री नै आफ्नो सरकारी निवास छाडेर होटलमा तीन दिनसम्म बसे । 

सम्मेलनका लागि पाहुनाहरुको सुबिधालाई ध्यानमा राखी सडकमा सवारी साधनहरु कम गर्न जोर बिजोर नम्बरका गाडीमात्र चल्न पाउने व्यवस्था गरियो । जनताले ठूलो सास्ती भोग्न पर्‍यो । सम्मेलनमा कम्बोडियाका राष्ट्रपति र म्यानमारका काउन्सिलर भागलिन आए जो स्वयं पनि आफ्नो देशमा र बाहिर पनि विवादास्पद छविका छन् । त्यसबाहेक कुनै पनि गणनायोग्य नाम चलेका व्यक्तित्व आएनन् तर विदेशीको संख्या भने निकै देखियो ।

यस सम्मेलनबाट दुईवटा कुरा प्रष्ट देखियो । पहिलो, नेपालमा क्रिस्चियन धर्म प्रचारक कोरियन संस्थालाई ठूलो हौसला मिल्यो । राज्यको बल र आड मिल्यो । अब उसले धर्मान्तरण गर्नमा प्रोत्साहन पाउने भयो जुन स्वयं संविधानद्वारा वर्जित छ । दोस्रो, नेपाल यस्तो देशका रुपमा चिनियो जो सजिलै विदेशी पैसा र हैकमको पकडमा आउन सक्छ । विदेशी संघसंस्थाले आफ्नो पकडमा सारा सरकार र प्रणालीलाई नचाउन सक्छ । 

तेस्रो, हाम्रा नेताहरुलाई केही प्रलोभन देखाएर — खासगरी विदेश भ्रमण गराएर वशमा ल्याउन सकिन्छ । यी तीन कुरा हाम्रो देशको इज्जत र हाम्रो अस्तित्वमा खतराजनक विषय हुन् । यसकारण जनताको नजरमा यो सरकार आलोच्य भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC