site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ट्वीटरले एडिट गर्न मिल्ने फिचर ल्याउन सक्ने !
Sarbottam CementSarbottam Cement

एजेन्सी । माइक्रो–ब्लगिङ साइट ट्वीटरले आगामी दिनहरुमा ट्वीटलाई ‘एडिट’ गर्न मिल्ने किसिमको फिचर ल्याउनेबारे छलफल भइरहेको जनाएको छ । तर यसरी ट्वीट एडिट गर्न मिलेपनि वास्तविक (ओरिजिनल) ट्वीट भने हेर्न मिल्ने बताइएको छ । 

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले शनिबारको एक अन्र्तवार्तामा भनेका छन्, “यसमा हामीले ट्वीट सेन्ड गर्न ५ देखि १० सेकेन्डसम्म ढिलो गराइदिन सक्छौँ जससमय त्यसलाई सच्याउन सकिनेछ । तर त्यो भन्दा ढिलाइ गरिएकमा ट्वीटरको रियल–टाइम प्रवृत्तिमा अवरोध आउनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसरी ट्वीटरमा एडिटको फिचर किन अहिलेसम्म नल्याइएको भन्ने प्रश्नमा चाहिँ उनले ट्वीटरमा एसएमएसको ढाँचा भएकाले यसले हामीले मोबाइलमा म्यासेज पठाए जसरी नै काम गर्ने गरेको बताएका हुन् ।  
उनले भने, “एकपटक तपाईँले म्यासेज पठाउनु भयो भने त्यसलाई फिर्ता गर्न मिल्दैन । त्यस्तै एकपटक ट्वीट गरेपछि तपाईँको ट्वीट पनि तत्कालै सबैले हेर्न सक्नेछन् र त्यसलाई फिर्ता लिन सक्नुहुन्न ।”

तर यसको प्रयोग ट्वीटको सामग्रीमा पनि निर्भर हुने उनको भनाइ छ । जस्तै कुनै गेम हेरिरहेका बेला प्रत्यक्ष ट्वीट गर्ने क्रममा गलती हुन सक्छ । तर राष्ट्रपतिको बयानसँग सहमत वा असहमत हुने जस्ता विषयमा भने ट्वीट गर्न केही समय लाग्छ र हतारमा नगरिने उनले बताए ।

Global Ime bank

डोर्सेले यसअघि २०१६ को डिसेम्बरमा पनि प्रयोगकर्ताहरुको सुझाव अनुरुप ट्वीटरमा एडिटिङ फिचर ल्याइने सम्भावना रहेको बताएका थिए । तरपनि ट्वीटरलाई रेकर्डमा आधारित सामाजिक संजालका मानिएको हुँदा कम्पनीलाई यो फिचर अपनाउन समय लाग्ने बताइएको छ ।

केही समय अगाडि मात्र ट्वीटरले एन्ड्रोइडमा नयाँ फिचर परीक्षण गरेको थियो जसमा प्रयोगकर्ताहरुलाई वर्तमानमा भइरहेका घटनाबारे अझ बढी जानकार राख्न विश्वका शिर्ष समाचारहरु टाइमलाइनको सबैभन्दा माथि राखिएको थियो । यसरी ट्वीटरले एसएमएस जसरी १४० अक्षरसम्म मात्र ट्वीट गर्न पाइने नीतिमा पनि सुधार ल्याउँदै २०१७ देखि २८० अक्षरसम्मको फिचर थप गरेको थियो  ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC