site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्रिय आपूर्ति कम्पनी चाँडै सञ्चालनमा आउने, मन्त्रिपरिषद्बाट स्विकृति पाएसँगै मन्त्रालयले काम अघि बढायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउन सैद्धान्तिक सहमति दिएको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले दुई संस्थालाई मिलाएर आपूर्तिसम्बन्धि कामसहित छुट्टै कम्पनीमा रुपान्तरण गर्ने आवश्यक प्रत्रिया अघि बढाउन सैद्धान्तिक स्विकृति दिएको हो ।

यससँगै राष्ट्रिय आपुर्ति कम्पनी सञ्चालनमा आउने पक्का भएको छ । सरकारले चालू आवको बजेटमार्फत् दुई कम्पनी गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा गरेको थियो ।

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेट गाभिएर बन्ने राष्ट्रिय आपुर्ति कम्पनीको नीति, उद्देश्य , कार्यक्षेत्र, पुँजी, व्यवस्थापन तथा सञ्चालनबारे आपूर्ति मन्त्रालय सह–सचिव नवराज ढकाल नेतृत्वको समितिले कम्पनीको मोडालिटि तयार गरिसकेको छ । सोही मोडालिटिमाथि विज्ञससँग छलफल गरी मन्त्रालयले मन्त्रिपरिषद् पठाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय आपूर्ति कम्पनीको माडालिटि दसैंदगत्त आउने भनिएपनि केही प्रत्रियागत भलन्झटका कारण ढिलाई भएको मन्त्रालयले दाबी गरेको छ । मन्त्रिपरिषदको बैठकले स्विकृति दिएपछि गाभ्ने प्रक्रिया सुरु हुने मन्त्रालयको दाबी छ ।
राष्ट्रिय आपूर्ति कम्पनी संस्थान नभएर पूर्ण सरकारी स्वामित्वको कम्पनी बन्ने छ ।

कम्पनी ऐन २०६३, को दफा १७३ मा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्न सक्ने व्यवस्था छ । भने सोही एनेको दफा १७७ मा २ वटा पब्लिक कम्पनी गाभिन सक्ने छ । सोही नीतिगत व्यवस्था अनुसार राष्ट्रिय आपूर्ति कम्पनी बन्न लागेको हो ।
ऐनको दफा १७३ मा भनिएको छ, “नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहने गरी प्रचलित कानून बमोजिम संस्थापित सार्वजनिक संस्थान वा विकास समिति ऐन, २०१३ बमोजिमको विकास समितिलाई नेपाल सरकारले कम्पनीमा परिणत गर्न चाहेमा यस ऐन अनुसार त्यस्तो संस्थान वा समितिलाई पब्लिक कम्पनीमा परिणत गरी संस्थापना गर्न सकिनेछ ।”

Global Ime bank

त्यसैगरी दफा १७८मा एउटा पब्लिक कम्पनी अर्को कम्पनीमा गाभिनको निमित्त गाभिने कम्पनीले आफ्नो साधारण सभामा विशेष प्रस्ताव पारित गरी अर्को कम्पनीमा गाभिन सक्ने उल्लेख गरेको छ । मन्त्रिपरिषदले स्विकृति दिएसँगै निर्णय कार्यान्वयनका लागि मन्त्रालयले संस्थानमा पठाउनेछ । त्यसपछि संस्थानले नेसनल ट्रेडिङलाई गाभेर कम्पनी रजिस्टर कार्यालयमा कम्पनी दर्ता गराउने छ ।

मन्त्रालय सह–सचिब तथा समिति संयोजक ढकालका अनुसार राष्ट्रिय आपूर्ति कम्पनी निर्माण गर्न मन्त्रालयले आवश्यक प्रत्रिया अघि बढाइसकेको छ । बाह्रखरीसँग उनले भने, “सरकारले सैद्धान्तिक सहमति दिइसकको छ । अब हामी चाँडै कम्पनी स्थापना गर्नेछौं ।”

यस्तो हुने राष्ट्रिय आपुर्ति कम्पनीको कार्यक्षेत्रः सस्तिनेछन् अत्यावश्कय बस्तु

खाद्य संस्थानको अहिलेको कार्यक्षेत्रमा केही अधिकारका क्षेत्र थपिएर राष्ट्रिय आपूर्ति कम्पनी बन्नेछ । कम्पनीको खासगरी जनताको प्रत्यक्ष सरोकारसँग सम्बन्धित वस्तु तथा सेवाको उपलब्ध गराउन विशेष भुमिका हुनेछ ।

यस्तोमा सामान खरिद गरी सुपथ मूल्यमा उपभोक्तालाई बिक्री गर्नु कम्पनीको मुख्य भुमिका हुनेछ । फलस्परुप बजारको नियमन भइ गुणस्तरीय वस्तु सस्तिने छ । यसकारण, कम्पनीको भुमिका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य उपभोक्तामुखी बनाउनु हुनेछ ।

यसअघि मन्त्री परिषदको कार्यालयले वाणिज्यसँग सम्बन्धित संथानहरु कायम राख्ने वा मर्ज गर्ने मिल्ने भए कुन कुनलाई गाभ्नेबारे जवाफ दिन उद्योग आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले यी दुवै संस्थानले लामो समयदेखि अपेक्षाकृत गति लिन नसकेका कारण दुईलाई गाभेर एउटै संस्था बनाउन सुझाव दिएको थियो ।

सोही सुझाव अनुसार सरकारले आव २०७५–७६ को बजेटमा खाद्य संस्थानलाई राष्ट्रिय आपुर्ति कम्पनी बनाउने र त्यसमा नेसनल ट्रडिङ लिमिटेड गाभ्ने उल्लेख गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  ०६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC