site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गितार किन्न न्ह्यू बज्राचार्यले गरेको संघर्ष 
Sarbottam CementSarbottam Cement

न्ह्यू बज्राचार्य फर्पिङको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा होस्टल बसेका थिए । उनलाई होस्टलमा राख्नूको उदेश्य थियो— न्ह्यूलाई संगीतको लतबाट छुटाउनु । न्ह्यू ६ कक्षामा पढ्थे ।

भाग्यले साथ दिएपछि कसको के लाग्छ ? न्ह्यूले त्यही होस्टलमै गितार बजाउन सिकिरहेका शिक्षक भेटे । उनी थिए, विज्ञानका शिक्षक प्रकाश श्रीवास्तव ।

संगीतप्रति न्ह्यूको मोह देखेर प्रकाशले भने, “न्ह्यू, तिमीलाई म गितार बजाउन सिकाइदिन्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनी आफैं पनि भर्खर गितार सिक्दै थिए । खासै बनाउन जान्दैन थिए । 

“मलाई मेरो जिन्दगीमा त्यस्ता व्यक्तिले संगीत सिकाए, जो आफैंमा संगीतका विद्वान नभएर भर्खर सिक्दै गरेका थिए,” न्ह्यू भन्छन््, “सधैं संयोग यस्तै पर्यो ।”

Global Ime bank

दार्जिलिङबाट आएका त्यही स्कुलका होस्टल वार्डेन एडमन्ड पनि गितारका शौखिन रहेछन् । 

प्रकाशले टेकुको नेसनल ट्रेडिङबाट गितार किनेका थिए । त्यो बेला (२०३४ सालतिर) गितारको मूल्य ३७५ रुपैयाँ पथ्र्यो । प्रकाशकै क्वार्टरमा पुगेर न्ह्यू गितार बजाउन थाले । 

प्रकाश भने गितार सिक्न नसकेर ‘फ्रस्टेड’ भइसकेका रहेछन् । 

एकदिन प्रकाशले न्ह्यूलाई सोधे, “यो गितार नयाँ छ, तिमी किन्छौ ?”

न्ह्यूले सोधे, “कतिमा दिनुहुन्छ ?”

“तिमीलाई सय रुपैयाँ डिस्काउन्ट दिन्छु ।”

गितार मूल्य तोकियो २७५ रुपैयाँ । २०३४ सालमा २७५ रुपैयाँ ठूलो रकम थियो । 

संगीतको आशक्तिबाट छुटाउन होस्टेल पठाएको परिवारले गितार किनिदिने सम्भावना शून्य प्रायः थियो । त्यसैले जति नै छुट पाए पनि न्ह्यूले घरमा भन्न सकेनन् । घरमा भन्न त सकेनन् तर, उनलाई त्यो गितारले झनपछि झन् तान्न थाल्यो । कसरी किन्ने ? मनमा त्यही प्रश्न मात्रै खेलिरहन्थ्यो । 

न्ह्यू जाडो बिदामा घर फर्किएका थिए । संगीतप्रतिको मोह देखेर न्ह्यूकी दिदीको मन पग्लिएछ । दिदी र आमा धारामा लुगा धोइरहेका थिए । दिदीले आमालाई भनिन्, “आमा, यस ( न्ह्यू)का साथीहरूले यो ट्यालेन्ट छ भन्छन्, यसलाई गितार किन्देऊ न ।” 

अनपेक्षित रुपमा आनमाले भनिन्, “हुन्छ नि त, कति पर्दोरेछ ?”

न्ह्यूले भने, “२७५ मा दिन्छु भनेको छ ।” 

“हुन्छ, ल किन् न त ।”

“कहिले जाने ?”

न्ह्यूले भने, “भोलि ।” 

“त्यो बेलामा २–३ सयमा महिना दिनको घर खर्च टथ्र्यो । त्यस हिसाबले २७५ रुपैयाँमा भनेको निकै महँगो थियो । दिदीले पनि गीत गाउँथी । सायद आफूले गाउँदा भाइले गितार बजाइदियोस् भन्ने चाहना भएर आमालाई फकाइदिएको हुनुपर्छ,” न्ह्यूले अनुमान लगाए । 

पहिलो पटक न्ह्यूलाई निद्रा लागेन । रात लामो भयो । बल्लबल्ल बिहान भाले बास्यो । उनले आमालाई झक्झकाएर उठाए ।

गितार किन्न आमाले न्ह्यूलाई २७५ रुपैयाँ दिइन् । फर्पिङसम्म आउन–जानका लागि भाडा छुट्टै दिइन् । पैसा हराउला भनेर आमाले कोटको खल्ती सेफ्टी पिनले सिइदिइन् ।

न्ह्यू गाडी चढेर फर्पिङ पुगे । विद्यार्थीको कापी जाँचिरहेका थिए प्रकाश । न्ह्यूले भने, “सर, म त तपाईंको गितार किन्न आ’को ।”

प्रकाशले त ‘माइन्ड चेन्ज’ गरिसकेका पो रहेछन् ! “ओ न्ह्यू, यो २७५ त मलाई अलि अप्ठ्यारो भएन र ?”

जिन्दगीका सारा सपना एकैपटक चुँडिएझैं लाग्यो न्ह्यूलाई । आँखा टल्पलाए । केही बोल्नै सकेनन् । न्ह्यूका आँखाबाट सपनाहरू आँसु बनेर झर्न लागेको देखेर प्रकाशले हतारहतार भने, “लैजाऊ लैजाऊ, भैगो नरोऊ ।”

काँधमा गितार बोकेर न्ह्यू घर फर्किए । त्यो दिनको ‘एक्साइटमेन्ट’ आज पनि सम्झिँदा न्ह्यू उस्तै ‘इमोसनल’ हुन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC