site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
कम्युनिष्ट सरकारमाथि बढ्यो अमेरिकी दबाब
Sarbottam CementSarbottam Cement

काठमाडौंमा रहेका कूटनीतिक समुदायलाई शुक्रबार देशको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्री केपी शर्मा ओली (बीचमा) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली (बायाँ) र अर्थमन्त्री डा. युवराज खतिवडा (दायाँ) : तस्बिर सौजन्य प्रधानमन्त्री कार्यालय 


संसद्मा दुई तिहाइ बहुमतको न्यानो समर्थनमा रमाइरहेको वर्तमान सरकारका लागि नेकपा (नेकपा)का दुईमध्येका एक अध्यक्ष पुष्पकमल दाहालले समस्यामा पारेका छन् । गत माघ ११ गते शुक्रवार प्रधानमन्त्री केपी ओली स्विजरल्यान्डको डाभोस भ्रमणबाट स्वदेश फर्किने क्रममा बाटोमै रहँदा दाहालले भेनेजुएलामा अमेरिकी सरकारको व्यवहारको विषयमा नेकपाको तर्फबाट तिखो वक्तव्य जारी गरे । 

दाहालको वक्तव्यले अप्ठेरोमा परेको सरकारले अर्को वक्तव्य जारी गर्‍यो । सरकारी वक्तव्यमा दाहालको जस्तो ठाडो भाषा प्रयोग नभए पनि भेनेजुएलाको राजनीति त्यहीँको आन्तरिक विषय भएकोेले बाहिरी हस्तक्षेप हुन नहुने भनियो । तर, अमेरिकाले भेनेजुएलाको राजनीतिमा नेपालको प्रतिक्रिया रुचाएन । नेपालको वक्तव्यलाई अमेरिकी सरकारले निकै गंभीरतापूर्वक लिँदै परराष्ट्रको वक्तव्यलाई पनि दाहालकै वक्तव्यको ‘राम्रो सम्पादन’ भन्ने संज्ञा दियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस विषयमा अन्नपूर्ण पोस्टले माघ १८ गते शुक्रवार पुष्पकमल दाहालले आफूलाई फसाइयो भनेर आत्मस्वीकृती गरेको समाचारलाई मुख्य समाचार बनायो । पोस्टले ‘विदेश नीतिमा यथार्थवाद’ शीर्षकमा सम्पादकीय लेख्दै नेपालबाट यस्तो प्रकारको वक्तव्य आउनु हुँदैन थियो भन्ने अडान लियो । पोस्टका सम्पादकका अनुसार, “सत्तारुढ दल नेकपाका दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको मामिलामा अमेरिकालाई गैरकूटनीतिक शब्दावली प्रयोग गरेर दाहालले युद्धकालीन धङधङीको पुनरावृत्ति गरे । अध्यक्षको त्यो ढंगको विज्ञप्ति आएपछि जुन हतारोसाथ सरकारले विज्ञप्ति जारी गर्‍यो त्यसले पनि अर्को अपरिपक्वता दर्शाएको छ ।”

सोही दिन पोस्टका स्तम्भकार सुधीर शर्माले पनि ‘भेनेजुएला–भाइचारका परकम्प’ शीर्षकको लेखमा नेपाल वैदेशिक चुनौतीहरूको चाङछेउ पुगेको र यसलाई चतुरतापूर्वक चिर्न नसक्दा नसोचिएको संकट आउन सक्ने संकेत गरे । 

Global Ime bank

नेपाल सरकारले यस परिस्थितिको आभास पाएर नेपालका सम्पूर्ण कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर सरकारको काम कारबाहीको विषयमा प्रष्ट पार्दै लोकतन्त्र र सुशासनप्रति सरकार प्रतिबद्ध रहेको दोहो¥यायो । तर, यस प्रेस ‘ब्रिफिङ’ मा अमेरिकी राजदूत र्‍यान्डी बेरी अनुपस्थित रहेको विषयलाई शनिवारका राजधानी तथा नागरिकले मुख्य समाचार बनाए ।

कान्तिपुरले भने शनिवारको अंकमा ‘नेपाल–अमेरिका सम्बन्ध चिसो’ शीर्षकमा ब्यानर समाचार बनायो । कान्तिपुरका अनुसार नेपाली राजदूतलाई अमेरिकामा ध्यानकर्षणका लागि विदेश मन्त्रालयमा बोलाइएको छ । सो दैनिकले अमेरिकी दूतावासका एक प्रवक्तालाई कोट गर्दै अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकाको धारणा एउटै भए/नभएको बारेमा डिसी र काठमाडौं दुवै ठाउँमा जानकारी लिएको बताएको छ । यता दाहालले शुक्रवार वक्तव्य जारी गर्दै भेनेजुएलामा अमेरिकाको साम्राज्यवादी हस्तक्षेप भएको भन्ने आफ्नो अघिल्लो वक्तव्य सही भएको र आफू त्यसमा अडिग रहेको बताएका छन् ।

नेपालको विजयमा पत्रिकाको खुसी

नेपालको राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्राप्त गरेको सफलताले नेपालीलाई गौरव गर्ने एक सशक्त कारण बनेको छ । गएको साता नेपालका दैनिक पत्रिकाले नेपाली क्रिकेटका विभिन्न आयाममा खुसी मनाएका छन् । 

नेपालले एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको रुपमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलको सिरिजमा युएईलाई पराजित गरेर कीर्तिमान कायम गरेको छ । गत सोमवार माघ १४ गते युएईलाई तेस्रो र अन्तिम एक दिवसीउ खेलमा पराजित गर्दै नेपालले शृंखला २–१ ले जितेको छ । यो समाचारलाई समीक्षित सबै पत्रिकाले (नयाँ पत्रिकाले मध्य समाचार बनाएको) मुख्य समाचार बनाए पनि सबैभन्दा ठूलो स्थान कान्तिपुरले दियो । अन्नपूर्ण पोस्टले रंगीन पृष्ठभूमिमा शतक प्रहार गर्ने नेपालका कप्तान पारस खड्काको तस्बिरसहित मोहक ढंगले समाचार प्रकाशित गर्‍यो । 

यही सिरिजको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालका ब्याट्सम्यान रोहितकुमार पौडेलले विश्व क्रिकेटमा पुरुषतर्फ अर्धशतक पूरागर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड तोडिदिएका छन् । उनले पाकिस्तानका खेलाडी शाहिद अफ्रिदीको १६ वर्ष २१७ दिनको रेकर्ड तोडेका हुन् । पौडेलले अर्ध शतक हानेको दिन उनी १६ वर्ष १४६ दिनका मात्र थिए । रोहितको विश्व रेकर्डलाई नागरिक, कान्तिपुर तथा हिमालय टाइम्सले मुख्य समाचारको स्थान दिए । 

उल्लेख्य समाचार

राजधानी दैनिकले नेपालका उच्च पदस्थ व्यक्तिहरू कसरी सरकारी सुविधाको दुरुपयोग गर्दैछन् भन्ने सिरिजमा एक नयाँ अध्याय थपेको छ । राजधानीको बुधबार माघ १६ को अंकमा प्रकाशित समाचारअनुसार सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूले आफैँले गरेको फैसलाविपरीत सेवा सुविधा लिँदै आएका छन् । सो दैनिकका अनुसार सर्वोच्चको आदेश लत्याउँदै सेवासुविधा लिने पूर्वप्रधानन्यायाधीशहरूमा सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मीनबहादुर रायमाझी, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्र रहेका छन् । राजधानीका अनुसार यी न्यायाधीशले सर्वोच्चको फैसलाविपरीत सरकारी गाडीको नंबर निजी बनाएर प्रयोग गरिरहेका छन् । राजधानीले कुन सरकारी नंबरको कुन कंपनीको मोटर निजी कुन नंबरमा परिवर्तन गरिएको छ भन्ने विवरण पनि दिएको छ । 

राजधानीलेनै बिहीबारको अंकमा अति विपन्न तथा गरिब गरिवारका बिरामीका लागि सरकारले अस्पतालमा छुट्टै शैयाको अनिवार्य व्यवस्था गरे पनि त्यसअनुसार सेवासुविधा विपन्नले नपाएको समाचार बनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC