site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसीको १६ औं सत्याग्रह स्थगित, संघर्ष जारी रहने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । आफूसँग भएको सम्झौताअनुसार विधेयक ल्याउनुपर्ने माग गर्दै अनशनमा बसेको भए पनि सरकारले उनलाई पेलेरै विधेयक पारित गराएको थियो ।

बिहीबार राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएपछि डा. केसीलाई संघर्षको रुप फेरेर आन्दोलनमा होमिन चौतर्फि दबाब परेको थियो । नागरिक समाजका अगुवा, पूर्वराष्ट्रपति डा. रामवरण यादवलगायतले सत्याग्रह स्थगित गर्न आग्रह गरेपछि डा. केसीले शुक्रबार बेलुका सत्याग्रह स्थगित गरेका थिए ।

Agni Group

उनलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिवि शिक्षण अस्पतालकै कर्मचारी अमृत पुजारीले जुस खुवाएर अनशन तोडाएका थिए । त्यसलगत्तै डा. केसीले पत्रकारसँग कुरा गर्दै आफूले संसदबाट पारित भएको ऐन आफूलाई मान्य नहुने बताउँदै आवश्यक परे १७ औं सत्याग्रह बस्न तयार रहेको जनाए ।

उनले आफूहरुसँग भएको सहमतिअनुसार नै विधेयक संशोधन हुनुपर्ने माग यथावत रहेको बताए ।

Global Ime bank

त्यसअघि डा. पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, दमननाथ ढुंगाना, भोजराज पोखरेल, सुरेन्द्रप्रसाद चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाईँ र रविन्द्र सिंह बानियाँले डा. केसीसँग अपिल गर्दै आमरण अनशनको कार्यक्रममाथि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

“नागरिक अभियन्ता तथा सत्याग्रही डा. गोविन्द केसी र नेपाल सरकारबीच गत साउन १० गते १५ औं सत्याग्रह टुंग्याउने क्रममा भएको सम्झौताको कार्यान्वयन गरी यहाँको जीवनरक्षा गर्न यसअगाडि बारम्बार अपिल गरेका थियौं,” अपिलमा भनिएको छ, “यसबीच सरकारले यहाँसँग भएको सम्झौता लोकतान्त्रिक पद्धतिमा अपनाउनुपर्ने संवाद र शिष्टतासमेत नअपनाई माग पूरा गर्नुको सट्टा सत्याग्रहको बलपूर्वक प्रतिकार गर्ने तथा हिंसात्मक प्रवृत्तिलाई बढावा दिनेजस्ता कार्य र छदमभेषी अनशनकारी खडा गर्ने जस्तो कार्यमा लागेको छ । यसले सत्याग्रहजस्तो अहिंसात्मक आन्दोलनमाथि हिलो छ्याप्ने डरलाग्दो प्रवृत्ति देखाउँछ । सत्याग्रह त्यस्तो समाज र अवस्थामा प्रभावकारी हुन्छ जहाँ राज्य संस्थापनमा न्युनतम इमानदारिता हुन्छ ।”

चिकित्सा शिक्षा सुधारका लागि चलेको अभियानको लागि उच्च मुल्यांकन गर्ने हुँदा सत्य र निष्ठाको लागि सुरु गरेको अभियानलाई नेपाली समाज र नागरिकहरुले उच्च मुल्यांकन गरेको स्मरण गराउँदै अनशनको कार्यक्रममाथि पुनर्विचार गर्न आग्रह गरिएको थियो ।

डा. भगवान कोइरालालगायतका चिकित्सकले पनि सत्याग्रह स्थगित गर्न डा. केसीसँग आग्रह गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC