site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
\'दुई तिहाइ ल्याउने र गुमाउने दुवैको लागि जोखिमपूर्ण अवस्था\'
Sarbottam CementSarbottam Cement

काठमाडौ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले देह अहिले गम्भिर ऐतिहासीक चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टीले तिन वटै तह (संघ, प्रदेश र स्थानीय) मा दुई तिहाई ल्याएको कतिपयलाई स्वभाविक नलागेको समेत उनले जनाए । 

“हामी अहिले गम्भिर ऐतिहासीक चुनौतीपूर्ण अवस्थामा छौं,” नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान सामाजिक–राजनीतिक परिपेक्षमा नागरिक–सेना सम्बन्ध’ विषयक एक दिने कार्यशालाको गोष्ठीमा बोल्दै उनले भने, “नेपालको तिन वटै तहमा निर्वाचन मार्फत लोकतान्त्रिक विधिबाट कम्युनिष्ट पार्टीले दुई तिहाई ल्याएको कुरा कतिपयलाई स्वभाविक लागेको छैन । देश भित्रै पनि यस्ता शक्ति छन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

संघीयतालाई राम्रोसँग व्यवस्थापन गर्न नसके यसले दूरगामी असर पार्ने उनले जनाए । उनले थपे, “अहिले दुई तिहाई ल्याउने र गुमाउने दुवैको लागि जोखिमपूर्ण अवस्था छ, जुन सामाजिक जिवनमा समेत देखिएको छ ।” 

देश भित्र संघीयताको सग्लो तस्वीर बन्न नसक्दा जनतामा भ्रम सृजना भएको उनले बताए । संघीयता कार्यन्वयनको लागि आवश्यक संरचना र कानून नबन्दा जनतामा भ्रम सृजना भएको समेत उनले जनाए । 

Global Ime bank

“संघीय गणतन्त्र भन्दौ उद्घोष गरी प्रवेश गयौं, तर यथार्थमा प्रशासनिक, वित्तिय, कानूनी र संरचनाको हिसाबले सुस्पष्ट हुन नसक्दा संघीयताको सग्लो तस्वीर बन्न सकेको छैन । यो अहिलेको यथार्थ हो,” उनले भने, “यो सरकार मात्र परिवर्तन भएको हो भन्ने देखिन्छ, तर यो प्रणालीमा भएको परिवर्तन हो ।” 

राजनीतिक र संवैधानिक हिसाबले संघीयताको घोषणा भएपनि कानूनी र संरचनाका रुपमा रुपान्तरण गर्न नसकिएको उनले स्वीकारे । “राजनीतिक र संवैधानिक हिसाबले घोषणा त गरियो तर कानूनी  र संरचनात्मक रुपमा रुपान्तरण गर्न सकिएको छैन । यसले असहज स्थिती बनाएको छ, यसलाई ख्याल गर्नुपर्छ,” उनले भने । 

चैत भित्र धेरै काूननहरु संशोधन र नयाँ कानून बनाउन पर्ने जिम्मेवारी सरकारको काँधमा रहेको उनले औल्याए । कानून र संरचना नबन्दा घोषणा गरिएका कुरा कार्यन्वन गर्न नसकिएको उनले बताए । 

“घोषणा गरिएका कुरा कार्यन्वयन हुन नसक्ने अवस्था छ । जुन सामाजिक जिवनमा पनि देखिदै छ । यो अन्तर्विरोधले हामीलाई गाजीरहेको छ । चैतसम्म सबै कानून बनाउनु पर्छ र तदअनुसार प्रणाली बनाउनु पर्छ । तबमात्र परिवर्तन कार्यन्वयन हुन्छ,” उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले भने ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC