site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् ।  
 
मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपति भण्डारीले  बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
नेपालको संविधानमा नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ परेकाले संविधानको धारा २९८को उपधारा (२) वा (३) बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी सो आदेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
विज्ञप्तिमा “नेपालको संविधानको धारा २९८ मा सङ्क्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था रहेको, सोही व्यवस्था बमोजिम व्यवस्थापिका–संसद्बाट वर्तमान प्रधानमन्त्री निर्वाचित भई निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन भएकामा धारा २९८ को उपधारा (८) बमोजिम वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुभएको तर अर्को प्रधानमन्त्री निर्वाचित हुने स्पष्ट व्यवस्था उक्त धारामा नरहेका कारण अर्को प्रधानमन्त्री निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न बाधा अड्काउ फुकाउ जारी गर्नुपरेको” उल्लेख छ । 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC