काठमाडौं । एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्टिय क्रिकेटका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले धुुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनेको रंगशाला समयमै बन्ने विश्वास व्यक्त गरेको छ । युएईबाट भिडियो सन्देशमार्फत् कप्तान पारस खड्काले रंगशाला निर्माणमा टोलीको साथ रहेको र चाँडै बन्नेमा आशावादी रहेको बताएका छन् ।
उनले रंगशाला निर्माणको घोषणाले नेपाली खेलाडीलाई हौसला प्रदान गर्ने बताए । युवा क्रिकेटर सन्दीप लामिछानेले आफैं पनि चितवन बासी रहेकाले उत्साहित भएको बताए । उनले भने, “नेपाली क्रिकेट टोलीको साथ रहने छ । आशा छ, यो रंगशाला चाँडै बन्नेछ । म आफै पनि चितवनबासी भएकोले उत्साहित छु । सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।”