site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड –‘प्रि–प्लान’ कि आकस्मिक ? सेनामाथिको निगरानी कायमै 
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा ५० जनाको डीएनए परीक्षण गरिएको छ । प्रहरी स्रोतका अनुसार अझै केहीको नमुना संकलन गर्ने तयारी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत बनाएर जारी रहेको अनुसन्धान सकारात्मक पाटोमा अघि बढेको प्रहरी बताउँछ ।  दैनिक २–३ शंकास्पदलाई ल्याएर सोधपुछ गर्ने काम भइरहेको छ । बलात्कारपछि हत्या भएको ६ महिना बितिसक्दा पनि हत्यारा सार्वजनिक गर्न नसक्दा प्रहरी आलोचनाको तारो बनेको छ । 

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिँह कडायत अनुसन्धान सरकारत्मक पाटोमा अघि बढेको र ढिलोचाँडो परिणाम आउने बताउँछन् ।  कडायतले भने, ‘‘पछिल्लो समयमा स्थानीयहरु पनि प्रहरीलाई सूचना संकलनमा सहयोग गरिरहेका छन् । विगतभन्दा प्रहरी र स्थानीयको विश्वास बढ्दै गएको छ । यसले अनुसन्धानमा सहज हुँदै गएको छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘विभिन्न कोणबाट अनुसन्धान जारी छ । घटना उखुबारीमै भएको यकिन गरेका छौं । सूचना संकलन तीव्र बनाएका छौं । समय त तोक्न सकिन्न तर हत्यारालाई उम्किन दिँदैनौं,’’ एसपी कडायतले भने ।  अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्टलाई जिम्मेबारीबाट हटाइएपछि एसपी कडायतले कञ्चनपुरको नेतृत्व सम्हालेका हुन । 

एसपी कडायतको बुझाईमा निर्मला बलात्कार र हत्याकाण्ड ‘‘प्रि–प्लान्ड’ घटना नभएर आकस्मिक हो । उनले भने, ‘‘घटनास्थल साउन १० गतेको अवस्था सबैलाई अध्ययन गर्दा बाटोमा ढुकेर कसैले घटना गरेको हो जस्तो देखिन्न ।’’

Global Ime bank

सेनामाथिको निगरानी कायमै

प्रहरीले साउन १० गते बाहिर निस्किएका सेनाका व्यक्तिमाथि समेत निगरानी कायमै राखेको छ । एक अधिकारीका अनुसार सेनामाथि अनुसन्धान गर्न जटिलताहरु भने छन् ।  ती अधिकारीले भने, “उनीहरुले नै घटना गरेका हुन भन्ने आधार त छैनन् । तर केहीमाथी निगरानी बढाएका छौं ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC