site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बधाई ! पारस खड्का 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो शतक बनाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई विभिन्न क्षेत्रका क्रिकेट प्रशंसकले बधाई दिएका छन् । युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धशतक प्रहार गरेका कप्तान खड्कालाई सामाजिक सञ्जाल ट्वीटर मार्फत् बधाई दिएका छन् ।

नेपालका राजनीतिक दलका नेता, कलाकार, साहित्यकारदेखि विश्व क्रिकेटमा ख्याति प्राप्त क्रिकेटरसम्मले ट्वीटरमार्फत् पारसलाई बधाई दिएका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले आईसीसीले डिजाइन गरेको तस्बिर सेयर गर्दै बधाई दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, अफगानिस्तानका स्पिनर राशिद खानले ‘नेपाली क्रिकेटमा पहिलो एकदिवसीय शतक । पक्कैपनि खेल हेर्दा आनन्द महसुस भयो तिम्रो पहिलो सय रनले खुुसी दिएको छ,’ भन्दै पारसलाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

साहित्यकार बुद्धिसागरले आईसीसीले डिजाइन गरेको तस्बिर सेयर गर्दै वाउ! ऐतिहासिक भन्दै बधाई दिएका छन् । त्यस्तै, अर्का साहित्यकार नयनराज पाण्डेले ‘नेपालको अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने कप्तान पारस खड्कालाई हार्दिक बधाई । सुखद खबर नेपालमा क्रिकेटबाटै मात्र पाइने भइयो के रे !’ भन्दै बधाई दिएका छन् ।

Global Ime bank

कलाकार प्रमोद खरेलले ‘कप्तान पारसको मात्रै होइन देशकै पहिलो एकदिवसीय शतक हो । त्यसैले जय जय गरौं,’ भन्दै ट्वीट गरेका छन् । आईसीसी एकेडेमी ओभलमा भएको खेलमा तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका पारसले १सय ९ बलमा १ सय १५ रन बनाएका हुन् । १ सय १५ रन बनाउने क्रममा खड्काले १५ चौका र १ छक्का प्रहार गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC