site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान पारस खड्काको एकदिवसीयमा पहिलो शतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कप्तान पारस खड्काले शतक पूरा गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पारस पहिलो नेपाली खेलाडी हुन् ।

कप्तान पारसले ३४.३ ओभरमा इमरान हैदरको बलमा चौका हान्दै  शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ९६ बलमा १३ चौका र १ छक्का हाने । उनले यसअघि नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पूरा गरेका थिए । पारसले लिस्ट ‘ए’ क्रिकेटमा पनि दुई शतक पूरा गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

३५ ओभर सकिँदा नेपालले ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको छ । नेपालका कप्तान पारस खड्का १ सय ५ र आरिफ शेख ५ रन बनाएर खेलिरहेका छन् । नेपाललाई जितका लागि १५ ओभरमा ५६ रनको आवश्यक छ ।  

ओपनर विनोद भन्डारी ९ रन बनाएर पवेलियन फर्किदा ज्ञोनन्द्र मल्ल ३१, सन्दीप जोरा १९  र दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए । रोहितकुमार पौडेल १६ रन बनाए । यूएईका इमरान हैदर र अशफाक अहमदले  समान २ तथा मोहम्मद नाभीदले १ विकेट लिए । 

Global Ime bank

त्यसअघि अन्तिम दश ओभरमा यूएईले १ सय १४ रन जोडेपछि घरेलु टोली २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । शाइमन अनवारले ८७ रन बनाएपछि दुबईस्थित आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । अनवार बाहेक मोहम्मद बूताले अविजित ५९ रन बनाए भने सीपी रिजवानले ४५ रन जोडेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC