site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जमिनमा जरा नभएलाई ‘भुइँफुट्टा’ भनिन्छ । भुइँफुट्टालाई देश र जनताको कुनै मतलब हुँदैन । सरकारले हालै संसद्मा प्रस्तुत गरेको भूउपयोग सम्बन्धी विधेयक र चितवनका किसानले बन्दा खेतीमा डोजर चलाएको समाचारबाट हाम्रा नीति निर्माता ‘भुइँफुट्टा’ प्रमाणित भएका छन् । लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्ने जग्गाधनीलाई ३ लाख रुपियाँसम्म जरिवाना हुने प्रावधान भएको भूउपयोगसम्बन्धी विधेयक दर्ता गराइएको छ । चितवनका एक जना किसानले भाडामा लिएको जग्गामा लगाएको बन्दा बजार भाउभन्दा धेरै कम मूल्यमा पनि विक्री नभएपछि बाली नष्ट गर्नका लागि डोजर चलाएका छन् । समाचारअनुसार बजारमा प्रतिकिलोग्राम २० रुपियाँमा विक्री हुने बन्दा २ रुपियाँमा समेत नबिकेपछि अर्को बाली लगाउनका खेत तयार गर्नका लागि डोजर लगाएर बाली नष्ट गर्नुपरेको रहेछ । 

किसानको उत्पादन लागत पनि नउठ्ने खेती नगर्नुलाई दण्डनीय कसुर बनाउने गरी कानुन प्रस्ताव गर्नेहरूले देशको यथार्थ पटक्कै थाहा नपाएको प्रमाणित हुन्छ । उपभोक्ताले तिर्ने मूल्य त परै रहोस् थोक बजारमा विक्री भएको भन्दा पनि १० गुणा सस्तोमा बेच्न खोज्दा पनि कतिपय अवस्थामा कृषि उपज बिक्तैन । जमिन बाँझो राख्नुलाई दण्डनीय कसुरका रूपमा कानुन बनाउन खोज्नेहरू त बारीको बालीमा डोजर लगाउँदा पनि जरिवाना गर्ने कानुन बनाउन उद्यत होलान् । तर, किसानले न रहरले जमिन बाँझो राख्न्ने हुन् न रमाइलाका लागि   लहलह भएको बालीमा डोजर चलाउने हुन्। मूलतः सरकारको कृषिसम्बन्धी गलत नीतिका कारण किसान जमिन बाँझो राख्ने वा बारीको बाली नष्ट गर्ने बाध्यतामा पुगेका हुन् । खेतबारीमा काम गर्ने खेताला नै नभएर पनि कतिपय परिवार जमिन बाँझो राख्न बाध्य भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भुइँफुट्टा नीति निर्माता भने किसानलाई सजाय गरेर उत्पादन बढ्छ भन्ने ठान्दा रहेछन् । लगातार तीन वर्ष बाँझो राखे जग्गा धनीलाई जरिवाना गर्ने हो भने खेती हुन नसक्ने सबै जमिन राज्यले किन्ने प्रावधान हुनुपर्छ । निषेध र बलजफ्ती गरेर संसारमा अहिलेसम्म कतै पनि उत्पादन बढ्दैन । उत्पादन बढाउन बलजफ्ती गर्न थालेपछि चीनको सन् १९६० को दशकको अवस्था उत्पन्न हुन्छ । किसानमाथि गरिने यस्तो जबर्जस्तीले सन् १९७५ तिरको कम्बोडियाको अवस्थामा मुलुक पुग्नसक्छ । समृद्धिको रटान लगाउने यो कम्युनिस्ट सरकार देशलाई सन् १९६० को चीन वा सन् १९७५ को कम्बोडिया बनाउन त अवश्य पनि चाहँदैन होला । 

हरित क्रान्ति गर्ने हो किसानलाई जति धेरै फलायो उति फाइदा हुने तर बाली सप्रेन भने पनि लागत नडुब्ने अवस्था राज्यले सिर्जना गर्न सक्नु्पर्छ । सिंचाइ, मलबीउ, कृषि औजारजस्ता सुविधा नपाउने किसानलाई बाली लगाउन बाध्य पार्न खोजियो भने तिनले पनि तीन वर्षमा एकपटक बाली लगाएजस्तो गरेर जरिवानाबाट जोगिने उपायमात्र गर्नेछन् । संसारभर सरकारहरू किसानलाई खेती गर्न उत्प्रेरित गर्छन् । नेपालमा पनि उत्पादन बढाउने हो भने किसानलाई लगानी नडुब्ने र बजारमा उचित मूल्य पाउने सुनिश्चित गर्न सक्नुपर्छ । संसद्मा प्रस्तुत विधेयकबाट किसानलाई दण्डा देखाएर तर्साउने भुइँफुट्टा प्रावधान हटाइएन भने त्यसको झन् चर्को प्रतिकूल प्रभाव पर्नेछ । पसलेले पसल बन्द गर्न नपाउने कानुन त छैन नि । जग्गावालाविरुद्ध मात्र किन भुइँफुट्टाहरूको वक्रदृष्टि ? यसैले उत्पादन बढाउन सरकारले सकारात्मक उपाय अपनाओस् । किसानहरू संगठित छैनन् भन्दैमा प्रताडित गर्न खोजे महंगो पर्नेछ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC