site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कांग्रेसको अवरोधकाबीच पारित भएको चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश भएको छ  । कांग्रेसको अवरोधका कारण सोमबारै दुईपटक बैठक स्थगित भएको थियो । तेस्रो पटक बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदरूले वेल घेराउ गरेपछि सभाध्यक्षले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिए ।

सभाध्यक्षले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्दा अवरोध नगर्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका कारण नाम टिपाउन सक्ने अवस्था रहेन । त्यसपछि सभाध्यक्षले निर्णयार्थ प्रस्तुत गरे । प्रस्तावको विपक्षमा मत नपरेकाले प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा सभाध्यक्षले गरे ।

अब राष्ट्रियसभाका सदस्यहरूले चिकित्सा शिक्षा विधेयकमाथि संशोधन हाल्न सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक माघ १७ गते बिहीबार दिउँसो २ बजेका लागि डाकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC