site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दमननाथ ढुंगाना भन्छन्–एमालेलाई संसदीय बनाएकै मैले हो, चिकित्सा शिक्षा विधेयक पास भएकै छैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको मान्न आफू तयार नरहेको बताएका छन् । बाह्रखरीसँग आइतबार कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

“तनाव न्यूनीकरणको उपाय छन् । यसो हेर्दा प्रतिनिधिसभाबाट विधेयक पास भएको धारणा छ । पास भयो भनेर मान्यता दिने हो भने एउटा दृष्टिकोण हुन्छ । तनाव आफैँ साम्य भएर जान्छ,” उनले बाह्रखरीसँगको कुराकानीमा उनले भने, “तर, मलाई सोध्नुहुन्छ भने विधेयक पास भएको छैन । हामीले धारणा बनाउँदा उपलब्ध तथ्यहरूलाई आधार बनाउने हो । सञ्चारमाध्यमामार्फत उपलब्ध भएको तथ्यलाई हेर्दा ‘चिकित्सा शिक्षा विधेयक–२०७५’ लाई प्रतिनिधिसभाबाट पारित भएको पंक्तिमा राख्नै मिल्दैन । आजै पनि सञ्चारमाध्यममा आएका छन्– ‘हुन्न भन्नेको बहुमत भएकोले, यो विधेयक पारित भएको घोषणा गर्दछु ।’ भनेर सभामुखले प्रष्ट उच्चारण गरेका छन् । यदी संसदको रेकर्डमा यस्तै छ भने यो विधेयक पासै भएको छैन । हुन्न भन्नेको बहुमत भनेपछि यो विधेयक पास हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अब प्रतिपक्षीले संसद बसेको दिन पहिले विधेयकको टेप खोल्न लगाउनूपर्छ । पार्लियामेन्ट सेक्रेटरीले रेकर्ड सच्याउन पाउँदैन । प्रमाण लोप गरेको पनि हुनसक्छ । टेपबाट ‘हुन्न भन्नेको बहुमत भएकाले’ भनेकै रहेछ भने विधेयकलाई पुनः प्रस्तुत (रि इन्टरड्युस) गर्नुपर्छ ।”
उनले संसद्मा सभामुख कृष्णबहादुर महराको धारणा फेरि पनि सुनेर निर्णय गर्नुपर्ने दाबी गरे ।

“मैले अघि नै भनेँ नि, संसद सत्तापक्ष र प्रतिपक्षको थलो हो । यी दुईशक्तिबीच उत्पन्न तिक्तता, दूरी मेटाउने कुरालाई प्राथमिकताका राख्नुपर्‍यो,” उनले भने, “एउटा विधेयक पास भइहाल्यो अब भयो होइन संसदका सबै काममा प्रतिपक्षीसँग सहयोग, सहकार्य आवश्यक हुन्छ । अतः विश्वास बढाउने काम गर्नुपर्‍यो । सत्तापक्षले विपक्षीसँग दूरी बढाउँदै जाने हो भने यस्ता घटना दोहोरिइरहन्छन् । अप्रिय वातावरणमा संसद सञ्चालन भइरहन्छ । बंगलादेशको घटनाको पुनरावृत्ति पनि हुन सक्छ । संसदीय मान्यता बुझेर नै मैले आफू सभामुख हुँदा सत्तापक्षको सरकार प्रतिपक्षको संसद भनेको हुँ । किनकि, प्रतिपक्षीको बढी खेल्ने ठाउँ नै संसद हो । उसका कुरालाई विशेष सुनुवाइ गर्नुपर्छ । बोल्न विशेष समय दिनुपर्छ ।”

Global Ime bank

उनले डा. केसीको माग पूरा गर्न उनीसँग वार्ता गर्नुपर्ने बताए ।

“ठीक छ, ज्यान बचाउन एउटा परिस्थितिमा सम्झौता गरेको हो भने पनि अनसनकारीसँग बारबार संवाद गर्नुपर्छ– तपाईंको यति कुरा हामीले पूरा गर्‍यौँ । यति कुरा परेनन्,” उनले भने, “यसमा संसद, संसदीय समितिको यो राय रह्यो । हाम्रो दृष्टिकोण यो हो भनेर उहाँसँग अन्तिम समयसम्म वार्ता, छलफल गरेर, अनसन तोडाएर विधेयक लैजानुपर्थ्यो । डा. गोविन्द केसी राज्यलाई असहयोग गर्ने नागरिक होइनन् । उनी त समझदार, अनुभवी, पढेलेखेका नागरिक हुन् । उनले सरकारको कठिनाइलाई पनि सहयोग गर्थे । सत्तापक्ष ९५ प्रतिशत माग सम्बोधन गरिएको भन्दैछन् । फेरि विधेयकमा प्रतिशत गणना कसरी गर्न मिल्छ ? तर, सत्तापक्ष तराजुले नै लिएर यति प्रतिशत भन्दैछन्, हास्यास्पद छ यो । ९५ प्रतिशत माग सम्बोधन भएको नै हो भने अनसनकारीको चित्त बुझ्दो हो । किन कुनै दूत नगएको ? प्रधानमन्त्रीबाट, सरकारबाट, विधेयक पक्षका मान्छेबाट ? त्यसकारण सबै काम कारवाही अलोकतान्त्रिक ढंगमा भएको छ । लोकतन्त्र बचाउने संस्कृतिको विकासै भएको छैन । लोकतान्त्रिक संस्कृतिलाई मिचेर सबै कामहरू भइरहेको छ ।  सम्झौतालाई वास्ता नगर्ने, अनसन बसेका व्यक्तिको कुनै ख्याल नगर्ने, ‘मरे मरून्’ को शैलीमा प्रस्तुत भएर विधेयक खुरूक्क पास गर्न मिल्छ ? यो त प्रजातान्त्रिक परिपाटीको हत्या नै हो । लोकतन्त्र, संसदीय मूल्यमान्यताको हत्या नै हो ।”

उनले २०४८ सालमा आफू सभामुख भएको बेलाको स्मरण गर्दै भने, “कहाँ एमाले भन्नुहुन्छ (हाँस्दै) ती त नक्सलाइट हुन् । नक्सलवादी पृष्ठभूमिबाट आएका । म सभामुख भएपछि मात्रै ती एमाले भएका हुन् र त्यसभन्दा पूर्व नक्सलाइट नै हुन् । एमालेलाई संसदीय बनाएको मैले हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC