site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘बचत गरौं’ भन्ने मूल नाराका साथ काठमाण्डौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीको सहभागिता रहेको थियो ।

प्रभातफेरी बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हुँदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । बैंकले १२ औं वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रमको अयोजना गरेको हो ।

बैंकले काठमाण्डौं उपत्यकामा मात्र नभएर बिराटनगर, लाहन, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बैंकले यसअघि रक्तदान एवम् निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC