site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली फिल्म ‘बर्फी’को रणवीर कपुर जस्तै
Ghorahi CementGhorahi Cement

बिहीबार कलाकार तथा निर्माता निर्मल शर्माले आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गरे, “हरेक महिना ५–६ करोड डुबिरहेको चलचित्र नगरीका संघसंस्थाहरू पिकनिक जान्छन् । मन्त्री भेटेर फोटो खिच्छन् । भिसा लिन्छन् । अवार्ड गर्छन् । साधारणसभा र चुनावताका भयंकंरै सल्बलाउँछन् । तर, चलचित्र किन बनाउने, कसरी बनाउने, केका लागि बनाउने, कसरी देखाउने र के बनाउने भन्ने विषयमा चाहिँ ‘बर्फी’ फिल्मको रणवीर कपुरजस्तै छन् ।”

कलाकार शर्माको यो स्टाटसको पहिलो हरफले चलचित्रको लगानी डुबिरहेको बताउँछ । बीचका हरफले आकर्षक मानिएका अमेरिका, अस्ट्रेलियाजस्ता देश जान कलाकारहरूले चलचित्रलाई प्रयोग गरिरहेको दाबी गर्छन् । अन्तिम हरफले चलचित्र बनाउन ढंग नपुर्‍याउनेहरू चलाउन नजानिरहेको बताउँछ ।

स्टाटसमार्फत निमर्ल शर्माले आफ्नै उद्योग र सहकर्मीहरूको चर्को आलोचना गरेका छन् । उनले यथार्थको धरातलमा उभिएर टिप्पणी गरेका छन् । एकैदिन चारवटासम्म नेपाली फिल्म प्रदर्शन हुन्छन् । त्यसमा हिन्दी र अंग्रेजी भाषाका फिल्म पनि थपिन्छन् । त्यसको उदाहरण हो— यही माघको १८ गते । त्यो दिन अपेक्षा गरिएका तीन ठूला चलचित्र आमनेसामने हुँदै छन्— ‘रणवीर’, ‘सयकडा दश’ र ‘गोपी’ । ‘गोपी’ चलचित्र समीक्षक तथा रंगपत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले यसअघि ‘घामपानी’ बनाएका थिए ।

Agni Group

‘रणवीर’ दक्षिण भारतीय फिल्ममा सहायक निर्देशन गरेका गोविन्दसिंह भण्डारीले निर्देशन गरेको फिल्म हो । ‘प्रेम गीत’बाट प्रसिद्धि कमाएका रामशरण पाठकले ‘सयकडा दश’ निर्देेशन गरेका हुन् ।

तीनवटै फिल्मा संयोग परेको छ— कथाकारको । सबै फिल्मका कथा निर्देशक स्वयंले लेखेका छन् ।

Global Ime bank

युवापुस्ताले अमेरिका, अस्ट्रेलियालाई सपनाको संसार बनाइरहेका बेला ‘गोपी’ले नेपालमै गाई पालेर बस्छु भन्ने एक शिक्षित युवाको कथा भन्छ । ‘गोपी’को कथा विपीन कार्कीको काँधमा छ । यो फिल्मको ट्रेलर हेरेर श्रममन्त्री गोकर्ण विष्टले कलाकार र निर्देशकलाई मन्त्रालयमै बोलाएर भेटेका थिए । सुरक्षा पन्त, वर्षा राउत विपीनसँगै मुख्य भूमिकामा छन् ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको ‘सयकडा दश’ले ‘भ्रष्टाचारविरुद्ध प्रेम’ नारा राखेर आफूलाई प्रचार अभियानमा होमेको छ । पाठकले यसको कथा हास्य कलाकारद्वय मनोज गजुरेल र राजाराम पौडेललाई बोकाइदिएका छन् । ‘सयकडा दश’ मनोजको पहिलो फिचर फिल्म हो भने राजाराम पौडेलले पहिलोपटक यही फिल्ममा लगानी गरेका छन् ।

‘रणवीर’ धोकाधडी र हुलहुज्जतविरुद्धको एक्सनप्रधान फिल्म हो । यसको मुख्य पात्रका रूपमा सुशील सिटौला उभिएका छन् । सुशीलसँग भिडन्तमा उत्रिएका छन्— खलपात्र प्रशान्त ताम्राकार । यो फिल्मको ट्रेलरलाई दक्षिण भारतीय फिल्मसँग तुलना गरिएको छ । यसबाट मोडल सुभेक्षा खड्काले डेब्यु गर्दै छिन् ।

लगातार फिल्मको बजार ओरालो लागिरहेका बेला अपेक्षा गरिएका चलचित्र एकैदिन प्रदर्शनमा आउँदा त्यसको सीधा असर बक्स अफिसमा देखिन्छ । बउिडका ठूला फिल्मसँग भिड्न हच्किने निर्माता तथा निर्देशकहरू नेपाली फिल्मसँग भने डराउँदैनन् । यसलाई चलचित्रकर्मीले ‘जुगाँको लडाइँ’ भनी टिप्पणी गर्दै आएका छन् ।

ठूला ब्यानरका फिल्मसँग पनि कतिपय साना फिल्म एउटै मितिमा प्रदर्शन भइरहेको पाइन्छ । सानो बजार रहेको नेपालमा वार्षिक सवा सयभन्दा धेरै फिल्म निर्माण तथा प्रदर्शन हुने गरेका छन् । चार दर्जनभन्दा धेरै फिल्म नेपाली बजारले थेग्न नसक्ने निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मा बताउँछन् । उनका अनुसार ओभरसिज मार्केट नखोजेसम्म ५० भन्दा बढी फिल्म सुरक्षति हुन सक्दैनन् ।

वार्षिक ८० प्रतिशत चलचित्र घाटामा गए पनि यो क्षेत्रमा लगानी भने घटेको छैन, बढेको बढ्यै छ ।

‘रणवीर’का निर्माता दीपेन्द्र रेग्मी आफूले फिल्म प्रदर्शनको डेट लिँदा अरूले मिति नतोकेको भन्दै फिल्म जुधाउने मनशाय नरहेको बताए । “हप्ताका दुइटासम्म फिल्म नेपाली मार्केटले धान्न सक्छ,” उनी भन्छन्, “१८ गते रिलिज हुने अरू फिल्म र ‘रणवीर’ फरक–फरक विधाका भएकाले हामीलाई खासै फरक पर्दैन । ‘रणवीर’ पूर्ण व्यावसायिक फिल्म हो ।”

‘सयकडा दश’ निर्देशक पाठक दुईभन्दा धेरै फिल्म एकैदिन रिलिज हुँदा त्यसको असर व्यापारमा पर्ने स्वीकार्छन् । “शो बाँडिन्छ । एउटै मितिमा धेरै फिल्म रिलिज हुँदा दर्शकले रोज्न त पाउनुहुन्छ तर त्यसको असर बक्स अफिसमा देखिन्छ,” उनी भन्छन्, “हामीले डेट लिँदा ‘रणवीर’मात्रै थियो । ‘रणवीर’ र हाम्रो चलचित्र फरक–फरक विधा र विषयका भएकाले दुइटासम्म ठीकै हुन्छ भनेर माघ १८ मा आउने निर्णय गरेका हौं । पछि अर्को पनि आएपछि एउटै दिनमा तीनवटा फिल्म भए ।”

सबैभन्दा पछि रिलिज डेट लिएको ‘गोपी’का निर्देशक दीपेन्द्र लामा वितरकले दिएको डेटमा आफ्नो फिल्म आउन लागेको बताउँछन् । “हामी आफूले भन्दा पनि डिस्ट्रिब्युटरले दिएको समय हो माघ १८ गते,” लामाले भने, “हामीले घरेलु बजारलाई मात्रै हेरेर हुँदैन, ओभरसिज मार्केटलाई पनि ध्यान दिनुपर्छ । हलिउड र बलिउडका ठूलो हाइप भएका फिल्मसँगै रिलिज गर्दा ओभरसिज मार्केट राम्रो हुँदैन । यसमा पनि ध्यान दिनुपर्ने हुन्छ ।”

एकैपटक तीन–चारवटा फिल्म प्रदर्शनमा आउँदा त्यसको असर घरेलु बजारमा भने देखिने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC