एनभीए उत्कृष्ट खेलाडी सरस्वती र धर्म

एनभीए उत्कृष्ट खेलाडी सरस्वती र धर्म

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीका धर्मबहादुर भट्ट र एपीएफकी सरस्वती चौधरीले एनभीए उत्कृष्ट वर्ष खेलाडीको अर्वाड पाएका छन् । नेपाल भलिबल संघको आयोजनामा शुक्रबार काठमाडौंमा वितरित एनभीए अर्वाडमा पुरुषतर्फ धर्मबहादुर र महिलातर्फ सरस्वतीले उत्कृष्ट वर्ष खेलाडीको अर्वाड पाएका हुन् । 

मोफसलका प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनलाई मूल्याङकन गर्दै भलिबल संघले भट्ट र चौधरीलाई उत्कृष्ट खेलाडी घोषित गरेको जनाएको छ । उत्कृष्ट दुबैले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै, उदीयमान खेलाडी पुरुषतर्फ एपीएफका बिनोद बहादुर चन्द घोषित हुँदा महिलातर्फ त्रिभुवन आर्मीकी निरुता ठगुन्ना भइन् । 

उत्कृष्ट महिला प्रशिक्षकको अर्वाड एपीएफका ज्ञानेन्द्र बिष्टले पाउँदा पुरुषतर्फ आर्मीका कपिल श्रेष्ठ सम्मानित भए । उत्कृष्ट सबैलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरीएको थियो । उत्कृष्ट टिम महिलातर्फ एपिएफ घोषित हुँदा पुरुषतर्फ आर्मी उत्कृष्ट भयो । उत्कृष्ट टोलीलाई एक लाख पुरस्कार प्रदान गरीयो । यस्तैं भलिबलका पुर्बकप्तान भरत शाह र अन्जु खड्कालाई पनि सम्मान गरीएको थियो । 
 

प्रतिकृया दिनुहोस