काठमाडौं । १४ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफ र नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजय भएका छन् । आर्मीले आयोजक ढोरपाटनमाथि जित निकाल्दा एपिएफले श्रीगाउँ खेलकुद विकास समिति दाङ र पुलिसले सेव स्कुल सामाखुसीलाई पराजित गरेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा आर्मीले ढोरपाटनलाई २५–३,२५–७ र २५–४ को सोझो सेटमा पराजित गरेको हो ।
यस्तैं एपिएफले श्रीगाउँ खेलकुद विकास समिति दाङमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । पहिलो सेट २५–२० ले जितेको एपिएफ दोस्रो सेट २५–११ र तेस्रो सेट २५–८ ले विजय भएको हो । पुलिसले सेव स्कुल सामाखुसीलाई २५–१३,२५–१३,२५–९ ले को सोझो सेटमा पराजित गरेको हो । सोमबार भएको अर्को खेलमा श्री गाउँबिकास समिती दाङ,सेवबिरुद्ध जित निकाल्न सफल भयो ।
एपिएफसंग पराजित भएपनि दाङले सेवमाथि २५–९,२५–१८,२५–११ को जित दर्ता गरेको हो । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार पाउने छन् । विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउने छन् ।