site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तिर्खाएका आप्रवासीलाई मरुभूमीमा पानी छाडिदिने ४ महिलामाथि कारबाही
Sarbottam CementSarbottam Cement

एजेन्सी । मरुभूमीको उच्च तापमानमा भोक र तिर्खाले आत्तिएका आप्रवासीहरुका लागि खाना र पानी छाडिदिने चार मानवअधिकारवादी स्वयंसेविकाहरुलाई अमेरिकी अदालतले शुक्रबार दोषी ठहर गरेको छ । ‘नो मोर देथ’ नामक एक मानवअधिकारवादी संगठनसँग आबद्ध ती स्वयंसेविकाहरुले एरिजोनाको मरुभूमी हुँदै मेक्सिकोबाट अमेरिकी सीमातर्फ जाने शरणार्थीहरुको सहयोग गर्न २०१७ अगस्टमा क्यान्ड खाना र पानी राखिदिएका थिए । यसै क्रममा सो क्षेत्रका अधिकारीले तिनीहरुलाई  फेला पारेका हुन् । 

यसरी चारै स्वयंसेविकालाई ६ महिनासम्मको जेल सजायँ हुन सक्ने बताइएको छ । त्यसरी बिना अनुमति निषेधित क्षेत्रमा प्रवेश गरि व्यक्तिगत सामान छाडि कानुनको उल्लंघन गरेको भन्दै अदालतले यस्तो फैसला सुनाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

एक दशकपछि पहिलोपटक कुनै मानवअधिकारवादी स्वयंसेवकमाथि कानुनी कारबाही हुन लागेको समाचार एजेन्सी असोसिएट प्रेसले जनाएको छ । अहिले यो घटनालाई मेक्सिको र अमेरिकाबीच आप्रवासी र सीमा सुरक्षालाई लिएर चर्किएको विवादसँग जोडिएको छ ।  

एरिजोना स्थित ‘नो मोर देथ’ संगठनले आप्रवासीहरुलाई जीवनोपयोगी सामग्री प्रदान गर्दै आएको छ । तथ्याङ्क अनुसार १९९९ देखि हालसम्म ३ हजार आप्रवासीहरुको सीमा पार गर्ने क्रममा मृत्यु भएको छ । यसरी सबैसँग जिवित रहन आवश्यक सामग्रीको पहुँच हुनुपर्छ भन्ने मान्यतका आधारमा संगठनको स्थापना गरिएको हुनाले कार्यकर्ताहरु अप्रवासीहरुको ज्यान बचाउने प्रयासमा जुटेको बताइएको छ । यस विषयमा संगठनकी एक स्वयमसेविका क्याथरिन गेफिनीले भनेकी छन्, ‘तिर्खाले मर्न लागेको व्यक्तिलाई पानी दिनु यदि अपराध हो भने देशको कानुनमा मानवता कहाँ छ ? ’ 

Global Ime bank

तर अदालतले भने उनीहरुमाथि अवैध तरिकाले आप्रवासीहरु भित्र्याउने प्रयास गरेको अभियोग समेत लाग्न सक्ने बताएको हो । यसरी यो घटनाले अहिले देशभित्रका अन्य सहयोगीहरुलाई पनि चुनौती दिइरहेको संगठनको भनाइ छ ।  – वासिङटन पोस्ट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC