site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व नम्बर एक हेलेपलाई हराउँदै सेरेना अन्तिम आठमा
Sarbottam CementSarbottam Cement

एजेन्सी । सेरेना विलियम्सले शीर्ष वरियाताका सिमोना हेलेपलाई सोमबार २–१ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन् । २३ पटकको ग्रान्डस्लाम विजेता सेरेनाले रोमानियाकी हेलेपलाई ६–१, ४–६, ६–४ को सेटमा रहउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् ।

३७ वर्षिया अमेरिकाकी सेरेनाले पहिलो सेट जित्न २० मिनेट लगाएकी थिइन् । तर दोस्रो सेटमा रोमानियाकी २७ वर्षिया हेलेपले  पूनरागमन गर्ने संकेत गरेकी थिइन् । १६औं वरियाताकी सेरेनाले अन्तिम तथा निर्णायक सेट जित्दै क्वार्टरफाइनलमा स्थान बनाइन् । सेरेनालाई हेलेपमाथि विजय हासिल गर्न १ घन्टा ४७ मिनेट समय लगाएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सेरेनाले अब क्यारोलिना प्लिसकोभासँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछिन् । जुन २०१८ को यूएस ओपनको क्वार्टरफाइनलको सम्झना हुनेछ । यूएस ओपनको क्वार्टरफाइनलमा सेरेना विजयी भएकी थिइन् ।

“यो निकै प्रतिस्पर्धात्मक खेल हुनेछ । आजका केही अंक निकै महत्वपूर्ण रह्यो,” सेरेनाले भनिन्, “म एक लडाकु हुँ । कहिल्यौं हरेस खादिन । मैले प्रत्येक अंकका लागि संघर्ष गरे ।”

Global Ime bank

सातौं वरियाताकी प्लिसकोभाले स्पेनकी गारविन मुगुरुजालाई २–० को सेटमा पराजित गरेकी थिइन् । प्लिसकोभाले चौथो चरणमा ६–३, ६–१ को सेटमा नतिजा निकालेकी हुन् ।

पूरुषतर्फ जापानका केइ निशिकोरीले पनि अन्तिम ८ मा स्थान बनाए । आठौं वरियाताका निशिकोरीले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३–२ को सेटमा पराजित गरेका हुन् । पहिलो सेट ६–७(८१/०)ले गुमाएका निशीकोरीले दोस्रो सेट पनि ४–६ ले गुमाएका थिए । तर बाँकी सेटमा जापानका निशिकोरीले पुनरागमन गरे । निशिकोरीले बाँकी सेट ७–६(७/४), ६–४, ७–६(१०/८) को सेटमा जितेका थिए । उनले अब शीर्ष वरियाताका नोभाक जोकोभिच र ड्यानियल मेडभेडेभबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC