site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिद्धार्थ गौतम बुद्धले सत्यको खोजीको लागि निस्केको २ हजार ५ सय ३४ वर्षपछी पहिलोपटक वुद्धिष्ट सर्किट यात्रा हुने भएको छ । तिलौराकोट दरबारको पूर्वीद्वारबाट मानवजातिको दुःख निवारण गर्न निस्कोको २५ सय वर्षपछि असार शुल्क पुर्णिमाका दिन पहिलो वुद्धिष्ट सर्किट हुने भएको हो ।

सर्किट यात्रा तिलौराकोट दरबार भग्नावशेषको पूर्वीद्वारबाट शुरु हुँदैछ । सिद्धार्थ गौतमको झल्को दिने यात्रा वुद्धिष्ट सर्किट डटकमका अध्यक्ष विक्रम पाँडेकाजीले घोषणा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यात्रामा सहभागीहरु लुम्बिनी–कपिलवस्तु क्षेत्रका वौद्ध सम्पदाको भ्रमण पछी बेलहिया नाकाबाट भारत प्रवेश गर्नेछन् र उत्तर प्रदेशको कुशिनारा, बिहार राज्यको वैशाली, नालन्दा, राजगिर र बोधगया हुँदै उत्तरप्रदेश राज्यको कुशीनगर भ्रमण गरेर पुन लुम्बिनी फर्कनेछन् ।

यो भ्रमण प्याकेजले ५ अर्ब बौद्ध धर्मालम्बीको यात्रा सहज बनाउने अपेक्षा लिइएको छ । वुद्धको जीवनमा पूर्णिमाको ठूलो महत्व भएको हुँदा असारदेखि प्रत्येक पूर्णिमाको दिन वुद्धिष्ट सर्किट यात्रा चलाउने पाँडेले बताए ।

Global Ime bank

आठ रात, नौ दिनको यात्रा बसमा सञ्चालन हुनेछ भने बाहिरी कुशिनारा, राजगिर, बोधगया, सारनाथ–वाराणासी, कुशीनगर, तथा लुम्बिनीमा होटलमा हुनेछ । यात्राले लुम्बिनी–कपिलवस्तु क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने, स्थानीयहरुलाई आय–आर्जनको मौका सिर्जना गर्ने र सञ्चालनको तयारीमा रहेको लुम्बिनी अन्तर्राष्ट्रिय बिमानस्थलको प्रबद्र्धन गर्ने पनि पाँडेले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC