site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालसँग व्यापार बढाउन चीन तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष झाङ सेनफेङले नेपाल र चीनका नेताहरुले आपसी राजनैतिक विश्वास बढाउने नेपाल भ्रमण गरेको बताएका छन् । नेपालउद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित “नेपाल–चीन व्यापारिक फोरम”को बैठकमा चीनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गरेका सेनफेङ यस्तो बताएका हुन् ।

संयुक्तरुपमा वेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडि बढाउन, दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटन इत्यादि क्षेत्रमा विगतमा गरेका सहमति, समझदारीकै कार्यान्वयनको सन्दर्भमा आफूहरु नेपाल आएको उनले बताए । उनले नेपालका प्रधानमन्त्रीको गतवर्षको चीन भ्रमणको स्मरण गर्दै चीन सबैभन्दा ठूलो व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपाल आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो फोरमले दुवै देशका उद्यमीलाई आपसी सहयोगको क्षेत्रको आदानप्रदानको लागि मार्गप्रशस्त गर्दै प्लेटफर्म निर्माण भएकोमा खुसी व्यक्त गरे । यसलाई बढी प्रभावकारी बनाउन उनले प्रमुख तीन सुझाव दिँदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनु पर्ने बताए ।

उक्त अवसरमा परिसंघ अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत् र हल्का उत्पादन उद्योगहरु लगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए । उनले मुलुकको वैदेशिक लगानी भित्र्याउन हालभएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्ति सम्बन्धीकानुन एन्टि–डम्पिङ कानुन एवम् आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानुनको संशोधन, पुनर्लेखन भइ वैदेशिक लगानीको लागि अनुकूलव वातावरण सृजना हुने विश्वास व्यक्त गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC