site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘बी’ डिभिजन लिगको खेलतालिका सार्वजनिक, पहिलो खेल झम्सीखेल युथ क्लब र ब्वाइज युनियनबीच हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा झम्सी खेल युथ क्लबले ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । माघ २५ गतेबाट एन्फा मुख्यालयको मैदानमा हुने ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लब र श्री भगवती क्लबले पनि पहिलो दिन नै प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले सोमबार ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको हो । एन्फाले लिगको आधरभुत सिद्धान्त रेलिगेशन र बढुवा हुने प्रावधानलाई नै हटाएर लिग सञ्चालन गरिरहेको छ । रेलिगेशनका प्रावधान बिनै ‘ए’ डिभिजन लिग सम्पन्न गरेको एन्फाले ‘बी’ र ‘सी’ डिभिजनमा पनि रेलिगेशन र बढुवाको प्रावधान हटाएको छ । त्यसैले ‘बी’ डिभिजन लिगको शीर्ष स्थान रहने टोलीले ‘ए’ डिभिजन लिगमा बढुवा हुने मौका पाउदैन भने पुछारमा हुने टोलीले पनि ‘सी’ डिभिजन लिगमा घटुवा हुनु पर्नेछैन । 

Prabhu Bank
Agni Group
NIC Asia

एन्फाले ‘बी’ डिभिजन लिग भने पनि लिगकम नकआउट प्रतियोगिताको जस्तै स्वरुपमा खेलाउन लागेको छ । प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो चरणमा दुबै समूहमा राउन्ड रोविन लिग हुनेछ । दोस्रो चरणमा समूह ‘ए’ का विजेताले आफ्नै समूहको उपविजेता तथा समूह ‘बी’को विजेता र उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

फागुन १३ गते हुने पहिलो चरणको अन्तिम खेलमा खुमलटार युवा क्लबले बाँसबारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन अघिल्लो खेलमा सातदोबाटो युथ क्लब र नयाँ बस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका सबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगितामा दोस्रो चरणका खेल फागुन १७ गतेबाट हुरु हुनेछ ।

Global Ime bank

समूह ‘ए’
झम्सी खेल युथ क्लब
रानीपोखरी कर्नर टिम(आरसिटी)
श्री कुमारी क्लब
सातदोबाटो युथ क्लब
नयाँ बस्ती युथ क्लब
ब्वाइज युनियन क्बल

 

समूह ‘बी’
टुसाल युथ क्लब
पुल्चोक स्पोट्र्स क्लब
मध्यपुर युथ एसोसिएसन
खुमलटार युवा क्लब
बाँसबारी क्लब
श्री भगवती क्बल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC