site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरमा प्यारोडी आतंक ! 
Ghorahi CementGhorahi Cement

“प्यारोडी खातालाई पेल्ने हो अब । अनशनलाई पनि पेल्ने हो । न्याय माग्नेलाई पनि पेल्ने हो । विरोध र आलोचनाका आवाजलाई पनि पेलेरै जाने हो । जनतालाई हदैसम्म पेली तेल निकालेर, तेलमा आत्मनिर्भर हुने योजना छ, हाम्रो ।”––

केपी शर्मा कोलीको नाम लेखिएको ट्विटर ह्याण्डलबाट ट्विट भएको यो भनाई प्रधानमन्त्रीको भने होइन ।यद्यपि ट्विटर ह्याण्डलमा प्रधानमन्त्री ओलीकै तस्बिर छ । सरकारका क्रियाकलाप, प्रधानमन्त्रीको कार्यशैलीबाट रुष्ट भएर व्यंग्य गर्न खोलिएको प्यारोडी खाताबाट ट्विट गरिएको हो, यो ।

हिजोआज सामाजिक सञ्जाल सामाजिक आन्दोलनको थलो भएको छ । विचार–मन्थन र अभिव्यक्तिको माध्यमसमेत बनेको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका निम्ति होस् या चिकित्सा शिक्षा सुधारका लागि अनसनरत चिकित्सक गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गर्न । यी सबैमा माइक्रो ब्लगिङ साइट ट्विटर बहुउपयोगी बन्दै छ । जनमत निर्माण गर्न आफ्ना अभिव्यक्ति निर्वाध राख्न प्रभावशाली थलो बन्दैछ, ट्विटर । यसमा पनि सरकारको आँखा गएको छ । 

Agni Group

पछिल्लो समय ट्विटरमा सक्कली व्यक्तिकै नाम र फोटो प्रयोग गरेर खाता खोल्ने र त्यसमार्फत् मनका भँडास पोख्ने क्रमले तीव्रता पाउन थालेको छ । ट्विटर प्रयोगकर्ताले समेत सक्कली र नक्कली कुन हो भनेर छुट्याउन नसक्नेगरी कतिपय खाता सञ्चालनमा आएका छन् ।

तर, यी सबैमाथि सरकारले नियन्त्रण गर्ने भएको छ । 

Global Ime bank

गत पुस १८ गते सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयानुसार यस्ता प्यारोडी खाता बन्द गरिने छ । प्यारोडी खाता चलाउनेको पहिचान गरी कारवाही गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा उल्लेख छ ।

सामाजिक संजालमा फेक खाता खोली सामाजिक सौहार्द्रता खलल पार्न खोज्नेलाई आवश्यक कारवाही गर्नका लागि पत्राचार | pic.twitter.com/tLUHyzYCU8

— हेलो सरकार HelloSarkar (@Hello_Sarkar) January 21, 2019

“कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रसं.न्या. ५० च.नं ४५५ मिति २०७५–९–६को पत्र साथ प्राप्त ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरि कारवाही नगरे देशको स्थिति भयावह हुने छ । बेलैमा ध्यान जाओस् भन्ने गुनासो सम्बन्धमा खाता सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी सोही बमोजिम तहाँबाट आवश्यक कारवाही गराइदिनुहुन उक्त पत्रको छायाकपी यसै पत्रसाथ संलग्न राखी पठाइएको व्यहोरो यस मन्त्रालयको मिति २०७५–९–१७ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,” पत्रमा उल्लेख छ ।

क–कसका छन् खाता ?
प्यारोडी एकाउन्ट नवीन प्रयोग होइन । नक्कली, प्यारोडी खाता बन्द गराउन सरकार र सम्बन्धित मन्त्रालयले ट्विटरको मुख्यालयमै ताकेता गरेको बताइन्छ । तर, पनि ट्विटरले मनोरञ्जनका लागि खोलिएको त्यस्ता खाता बन्द गर्न मानेको थिएन ।

ट्विटर मुख्यालयले नै सरकारको आग्रह लत्याएपछि गुनासो सम्बोधनका नाममा यस्ता खाता बन्द गराउने योजनामा सरकार लागेको बहस सामाजिक सञ्जालमा भइरहेको छ ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापा, नेकपाका युवा नेता योगेश भट्टराई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतका प्यारोडी एकाउन्ट छन् ।
ती खाताबाट समसामयिक राजनीति, सामाजिक घटनाक्रम, आन्दोलन, अभियानमा पक्ष, विपक्षीबाट कटाक्ष गरिँदै आएका छन् ।

प्यारोडी खातालाई पेल्ने हो अब । अनशनलाई पनि पेल्ने हो । न्याय माग्नेलाई पनि पेल्ने हो । विरोध र आलोचनाका आवाजलाई पनि पेलेरै जाने हो । जनतालाई हदैसम्म पेली तेल निकालेर, तेलमा आत्मनिर्भर हुने योजना छ हाम्रो ।

— K P Sharma Koli (@Kpsharmakoli) January 21, 2019

यस्ता ह्यान्डलबाट गरिएका ट्विटले सक्कली खाताको भन्दा बढी लाइक र रिट्विट पाउने गरेका छन् । प्रधानमन्त्रीको प्यारोडी एकाउन्टबाट गरिएको ट्विटमा ३ घन्टाको अवधिमा ५७ रिट्विट आएको छ भने लाइकको संख्या २०० नाघेको छ । प्रधानमन्त्रीको प्यारोडी खाताका फलोअर्स ३ हजार ७७४ रहेका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्यारोडी एकाउन्टमा भने १ हजार १०५ जना फलोअर्स छन् । विपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा (यद्यपि उनको थरलाई लेउवा बनाइएको छ )को प्यारोडी खाताका फलोअर्स १ हजार ९२० जना छन् । त्यस्तै गगन थापाको प्यारोडी खातामा १ हजार ७९१ जना फलोअर्स रहेका छन् ।

डा. बाबुराम भट्टराई र रामशरण महतका नामबाट खोलिएका खाता लोकप्रिय
सामाजिक सञ्जालमा सक्रिय रहने नेतामै पर्दछन्– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई । ट्विटरमा उनको फलोअर्स संख्या १० लाख ५७ हजार २७४ छ । डा. भट्टराई ट्विटरमा सबैभन्दा बढी पछ्याइएका नेता हुन् । त्यसपछि कांग्रेसका युवा नेता गगन थापा पछ्याएकामा पर्दछन् । ट्विटरमा उनलाई ८ लाख ५६ हजार ३२९ जनाले पछ्याएका छन् ।

तेस्का बाजे,ओलीले उपचार गर्न भन्दै थाइल्यान्ड र भारत घुम्दै १८ करोड भन्दा धेरै मोज मस्तीमा उडाउदा चुप लाग्ने ओलीका खेतलाहरु डाकेस जस्तो सत्याग्रही लाई बचाउन हेलिकप्टरले ल्याउदा १० लाख खर्च किन गरेको भन्दै रुदै रचन। म अर्थमन्त्री हुँदा ओलीले थप २५ करोड उपचार भनेर लियो डाँकाले।जने

— Ram Saran Mahat (@ramharanmahat) January 20, 2019

तेस्रोमा राप्रपा अध्यक्ष कमल थापा पर्दछन् । उनलाई ५ लाख ८२ हजार ०८२ जनाले पछ्याएका छन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछ्याइएको छ । प्रधानमन्त्रीको अफिसियल ट्विटर ह्याण्डलका फलोअर्स ४ लाख १९ हजार २२९ छन् । त्यस्तै नेकपा अध्यक्ष समेत रहेका ओलीको व्यक्तिगत ह्याण्डलाई भने ३ लाख ५६ हजार ८३६ जनाले पछ्याएका छन् । डा. भट्टराईको प्यारोडी एकाउन्टले पनि सबैलाई उछिनेको छ । प्यारोडी खातमा पनि २५ हजार ६२० जना फलोअर्स छन् ।

पूर्वअर्थमन्त्री रामशरण महत पनि ट्विटरमा सक्रिय देखिन्छन् । ट्विटरमा उनको फलोअर्स ३ लाख ७३ हजार ६५६ जना छन् । प्यारोडी खातामा उनी दोस्रो देखिएका छन् । डा. महतको प्यारोडी खातामा २० हजार ७२५ जना फलोअर्स छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC