site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ मर्यादाक्रममा अख्तियारको आपत्ति, नसच्याए कार्यसम्पादनमा असर पर्ने चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ । सरकारले मर्यादाक्रममा गरेको परिमार्जनले कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्य मान्यतासमेत प्रभावित हुने जनाउँदै अख्तियारले उक्त परिमार्जनलाई सच्याउन भनेको छ । 

“नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण भएको छ,” अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । अख्तियारको सोमबार बसेको बैठकले सरकारको निर्णयप्रति आपत्ति जनाउने निर्णय गरेको हो । बैठकले संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरुभन्दा माथि रहेकोमा असन्तुष्टि व्यक्त गर्ने समेत निर्णय गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमा समेत असर पर्ने अख्तियारको भनाइ छ । 

अख्तियारले मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानुन, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी गर्न सरकारलाई आग्रह गरेको छ । “संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन गर्न आयोग नेपाल सरकारसमक्ष आग्रह गर्दछ,” अख्तियारले भनेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC