site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
धनगढी स्टार्सलाई ग्लोबल कलेजको मुख्य प्रायोजन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धनगढी प्रिमियर लिग(डिपिएल) को फ्रेन्चाइज क्लब धनगढी स्टार्सलाई सोमबार ग्लोबल कलेज अफ म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ ।
घरेलु टोली धनगढीलाई ग्लोबल कलेजले २० लाख बराबरको मुख्य प्रायोजन गरेको हो । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा धनगढी स्टार्स र ग्लोबल कलेजबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । घरेलु टोली धनगढी स्टार्सका मालिक कृष्ण बोहरा र ग्लोबल कलेजका प्रमुख कार्यकारी अधिकृत(सिइओ) खगेन्द्र ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरे । 
सम्झौताअनुसार मुख्य प्रायोजन गरे वापत ग्लोबल कलेजले २० लाख बराबरको नगद तथा अन्य समाग्री उपलब्ध गराउनेछ । ग्लोबल कलेजका सिइओ ओझाले नेपालमा अन्य क्षेत्रमा निराशाजनक स्थिती रहे पनि क्रिकेटले आशा देखाएका कारण आफूहरुले यो क्षेत्रमा लगानी गरेको बताए । 
‘कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सहयोग गरेको हो,’ ग्लोबल कलेजका सिइओ ओझाले भने, ‘नेपाली क्रिकेटले पछिल्लो समय राम्रो सम्भावना देखाएको छ । धनगढी क्रिकेटमा उदियमान क्षेत्र हो । यो प्रतियोगिताले खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गरेको छ । त्यसैले हामीले यसमा लगानी गरेका छौं । म पनि धनगढीमै जन्मेको हुँ । घरेलु टोली सहयोग गर्न पाउँदा खुशी लागेको छ । जितको शुभकामना ।”
धनगढी स्टार्स प्रतियोगितामा नयाँ टिम हो । यसअघिको दुई सिजन टिम चौराहाले खेलेको थियो । यस सिजन क्लबको स्वामित्व हस्तान्तरण भएपछि धनगढी नयाँ टोलीका रुपमा प्रतियोगितामा आएको छ । टिम चौराहाले पहिलो सिजन जितेको थियो भने दोस्रो सिजनको फाइनलमा काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो । धनगढी स्टार्सका मालिक बोहराले आफूहरुले टोलीको स्वामित्व लिन पाएकोमा खुशी व्यक्त गरे । 
‘हामी पहिलेदेखि नै क्रिकेट विकासमा योगदान दिन चाहन्थ्यौं । संयोगवश यसवर्षको डिपिएलमा हामीले घरेलु टोलीको स्वामित्व लिने मौका पायौं,’ धनगढी स्टार्सका मालिक बोहराले भने, ‘हाम्रो अभियानमा प्रोत्साहन दिनुभएकोमा ग्लोबल कलेजलाई धन्यवाद ।’
धनगढी स्टार्समा सोमपाल कामी मार्की प्लेयर हुन् । पुस २१ गते भएको खेलाडी अक्सनमा धनगढीले १२ लाख २० हजार रुपैयाँ खर्च गरेको थियो । घनगढीले पवन सर्राफलाई २ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो भने सुनिल धमला र अमित श्रेष्ठलाई समान १ लाख ८० हजार रुपैयाँ खर्च गरेको थियो । त्यस्तै अलराउन्डर सौरभ खनाललाई १ लाख ६० हजार रुपैयाँ खर्च गरेको थियो । 
“अहिलै ट्रफी जित्छौं त भन्दिन । तर ग्लोबल कजेलले जुन लगानी गरेको छ, हामी मैदानबाट उहाँहरुको लगानीको शतप्रतिसत प्रतिफल दिने प्रयास गर्नेछौं,” धनगढी स्टार्सका मार्की प्लेयर सोमपाल कामीले भने, “प्रतियोगिता शुरु हुनु १० दिन अगाडीदेखि नै हामी बन्द प्रशिक्षण राख्ने तयारी गरेका छौं । प्रशिक्षकमा मनोज कटुवाल नियुक्त भइसक्नु भएको छ । यूएई भ्रमणका कारण खेलाडीहरु व्यस्त छन् । धनगढीमै १० दिन आगाडि क्याम्प राख्ने योजना बनाएका छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC