site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको विरोध गर्न तरुण दल प्रदेशतिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल प्रदेश केन्द्रीत आन्दोलनमा केन्द्रीत भएको छ । सरकारको विरोधमा सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने तय भएअनुसार प्रदेश १ मंगलबारबाट विरोधका कार्यक्रम सुरु गर्न लागिएको तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले बताए । 
तरुण दल मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा चापागाईंले भने, ‘‘सरकारका गतिविधि जनविरोधी भएकोले सच्चिन अवसर दिन प्रदेशबाट खबरदारी गर्ने निर्णय गरी आन्दोलन लिएर यता झरेका हौं ।’’ उनले जनताले विकासका लागि म्यान्डेट दिएर नेकपालाई जिताएको तर प्रधानमन्त्रीको अभिव्यक्तिले यसको अवमूल्यन भएको दाबी गरे ।
निर्मला हत्याकाण्डको चुरोसम्म पुग्न नसकेको र डा. गोविन्द केसीका मागलाई बेवास्ता गर्दै पेलेरै अघि बढ्ने नीति लिएको चापागाईंको भनाइ थियो । उनले माघ ९ गते जनकपुर, १० गते हेटौंडा, ११ गते पोखरा, १२ गते बुटबल र १३ गते सुर्खेतमा विरोध कार्यक्रम गरिने बताए । 
विराटनगमा शनिहाट चौकमा भेला भई विरोध र्यालीसहित महेन्द्र चौक पुगेर विरोध सभा गरिने तरुण दलका मोरङ अध्यक्ष सञ्जय थापाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC