site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले संविधानको मर्ममै प्रहार गरेको पौडेलको आरोप
Sarbottam CementSarbottam Cement

पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दलको नेताको अनुपस्थितिमा सरकारले संवैधानिक परिषद् बैठकबाट निर्णय गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताएका छन् । 

कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता पोडेलले विपक्षी दलको नेता बिना संवैधानिक परिषद्को बैठकबाट सरकारले विभिन्न आयोगमा नियुक्ति गरेको प्रति आपत्ति जनाए । ‘‘सरकारले विपक्षी दलको नेता बिनाको बैठक राखेर संविधानको मर्ममाथि प्रहार गरेर संवैधानिक व्यवस्थालाई चुनौती दिने काम गरेको,’’ उनले भने, ‘‘यो संवैधानिक परिषद्माथि चुनौति दिएर आफ्ना मान्छे नियुक्ति गर्ने काम आपत्तिजनक छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा आइतवार विभिन्न ५ संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको थियो । नेता पौडेलले विपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकले कसरी काम गर्न सक्छ भनि प्रश्नसमेत गरे । 

जातिय, धार्मिक तथा क्षेत्रियताको मुद्दा कांग्रेसले बोक्न नसक्ने भन्दै उनले भने, ‘‘जातिय, धार्मिक तथा क्षेत्रियताको मुद्दा कांग्रेसले बोक्ने होइन । यी अराजनीतिक विषय हुन । कांग्रेस भनेको राजनीति पार्टी हो । लोकतन्त्रले नै सवैलाई अधिकार दिएको हो ।’’

Global Ime bank

कांग्रेसको महासमिति बैठकले अनुपम लोकतान्त्रिक र अनुपम समावेशी विधान दिएको भन्दै उनले अब कार्यसमितिको समयावधि बढाउन नहुने बताए । ‘‘मैले भन्दै आएको छु, अब टाइम्ली महाधिवेशनमा जानुपर्छ,’’ पौडेलले भने, ‘‘यसो गर्न सकिएन भने पार्टीको हितमा हुँदैन् । तोकिएको समयसिमा नै महाधिवेशन गराउनुपर्छ ।’’  
कांग्रेसको सिंगो कार्यसमितिले पार्टीले निर्वाचनमा ब्यहोर्नु परेको पराजयको जिम्मा लिइसकेको भन्दै उनले चुनावी हारको जिम्मेवारी लिएर आफ्नै कार्यकाल बढाउन नहुनेमा जोड दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC